कल्पना पौडेल


समाचारहरु

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्दै प्रदेश सरकार

काठमाडौं-  प्रदेश ३ सरकारले 'एक विद्यालय एक नर्स' कार्यक्रम संचालन गर्ने भएको छ। पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम संचालन गरिने जानकारी प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। यसैका तयारी स्वरुप मन्त्रालयले...

यस वर्ष रोटा भाइरसविरुद्धको खोप नआउने, भारतीय कम्पनीले दियो धोका

काठमाडौं— आगामी मंसिर महिनाबाट सुरु हुने भनिएको रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ। पाँच वर्ष मुनिका बालबालिकालाई बढी सताउने यो भाइरस विरुद्धको खोप सरकारले निःशुल्क लगाउने तयारी अगाडि बढाएको थियो। यसका लागि भारतीय कम्पनी ग्ल्याक्सो...

आइओएमले मेरिटका आधारमा भर्ना नलिएको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं— त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्जले मेरिटका आधारमा विद्यार्थी भर्ना नगरेको भन्दै विद्यार्थीहरुले धर्ना दिएका छन्।  मेरिटका आधारमा पहिलो ‘ओपन हाउस काउन्सिलिङ्ग’मा सहभागी ३ हजार ७ विद्यार्थीहरुले आफुल...

गर्भवतीलाई उपचार सेवा नदिए जेल हाल्ने कानुन आयो, के के छन् व्यवस्था?

काठमाडौं— सरकारले प्रजनन् स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ ल्याएको छ। ऐनले पहिलोपटक कामकाजी महिलालाई सुत्केरी भएपछि तीन महिनासम्म तलबसहितको प्रसूति बिदाको व्यवस्था गरेको...

सय वर्षको केन्द्रीय आयुर्वेद चिकित्सालय : शैली पुरानै, भएन सेवामा आधुनिकीकरण

काठमाडौं- आयुर्वेद उपचार सेवा दिँदै आएको केन्द्रीय आयुर्वेद चिकित्सालय, नरदेवीले सय वर्ष पूरा गरेको छ। आयुर्वेदिक उपचार पद्धतिबाट जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले आयुर्वेद चिकित्सालय नरदेवीको स्थापना वि. सं. १९७४ को वैशाखमा स्थापना भएको थियो। चार शैय्या...

सर्वोच्चको आदेशपछि काममा फर्किइन् सचिव डा पुष्पा

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा बिहान ११.३० बजे तिर पुग्दा कर्मचारी र सेवाग्राही अलमल देखिन्थे।  कारण थियो कामको फाइल बोकेर कुन सचिवको कार्यकक्षमा जाने? मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पाएका डा सुशील प्याकुरेलको कार्यकक्षमा जाने कि सर्वो...

ठूला सरकारी अस्पताल निर्देशक विहीन

काठमाडौं— काठमाडौंका ठूला सरकारी अस्पताल लामो समयदेखि निर्देशक विहीन छन् । अस्पतालमा निर्देशक नहुँदा अस्पतालका महत्वपूर्ण काम रोकिएका छन् ।  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्ट...

प्यालियटिभ केयरलाई पाठ्यक्रममा समावेश गर्न माग

काठमाडौं— नेपालमा प्यालियटिभ केयरलाई शैक्षिक कोर्ष (पाठ्यक्रम)मा समावेश गरिनुपर्नेमा जोड दिइएको छ। बिरामीको मेडिकल उपचारसँगै गरिने सहायक उपचारलाई प्यालियटिभ केयर भनेर बुझिन्छ। जसले रोगी र उनीहरुको परिवारको शारीरिक, बौद्धिक, भावनात्मक, सामाजिक, आर्थिक र अ...

वीर अस्पतालले सुरु गर्‍यो दुवाकोटमा ओपिडी सेवा

काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आजबाट वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ।  वीर अस्पतालको विस्तारित सेवाका लागि दुवोकोटमा संरचना बन्ने कार्य सुरु हुँदैगर्दा त्यहाँका जनतालाई लक्षित गर्दै आजब...

स्वास्थ्यमन्त्री यादव विदेश भम्रणमै व्यस्त, मन्त्रालयको काम अस्तव्यस्त

काठमाडौं— संघीय संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नीति नियम निर्माण, परिमार्जन, कर्मचारीको व्यवस्थापन लगायतका थुप्रै कामहरु गर्न बाँकी छ।  नयाँ सरकार गठन भएसँगै स्वास्थ्यका नीतिगत कामले गति लिने अपेक्षा कर्मचारीहरुले लिएका थिए।  ...

स्वास्थ्य मन्त्रालयले  फाजिलमा रहेका १६ सय ४० कर्मचारीको व्यवस्थापन गर्न सातै प्रदेशलाई पत्र पठायो (कर्मचारीको नामसहित)

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खारेज भएका स्वास्थ्य संस्थाका १ हजार ६ सय ४० फाजिल कर्मचारीको व्यवस्थापन गर्न सातै प्रदेशमा पत्र पठाएको छ।  देश संघीय संरचनामा गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोर,...

डरलाग्दो बन्दै गर्भपतन : तीन पटकसम्म गर्भपतन गराउँछन् २० वर्ष नपुगेका अविवाहित किशोरी

काठमाडौं— सीमा राना (नाम परिवर्तन)  अहिले २० वर्षकी भइन्। उनी काठमाडौंकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। थापाथलीस्थित प्रसूतिगृहमा केही समयअघि भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन्। अविवाहित उनले केटा साथीले गर्भनिरोधक साधन प्रयोग गर्न न...

क्षयरोग उन्मूलनका लागि विश्व सम्पदा सूचीमा परेका स्थानमा रातो बत्ती बालिँदै

काठमाडौं– विश्वलाई क्षयरोगमुक्त बनाउने विश्वव्यापी अभियानको थालनी विश्वभर रातो बत्ती बालेर गरिदैँछ। विश्व स्वास्थ्य संगठनको आयोजनामा यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेका विश्वभरका ऐतिहासिक स्थानहरुमा रातो बत्ती बालेर अभियान थालनी गरिने बताइएको छ। नेपालमा प...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो वर्षदेखि बिपिएच अध्यापन हुने

काठमाडौं— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि ब्याचरल इन पब्लिक हेल्थ ( बिपिएच) अध्यापन सुरु हुने भएको छ। स्वास्थ्य व्यावसायिक परिषद्को गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपिएच कार्यक्रम सञ्चालन गर्नका स्वीकृती दिएको हो। परि...

सकारात्मक सोच दीर्घायु जीवनको आधार : राष्ट्रकवि घिमिरे

काठमाडाै‌ं- राष्ट्रकवि माधवप्रसाद घिमिरे जीवनको सयौँ बसन्तमा छन्। अर्थात् उनको शताब्दीऔँ जन्मदिन आज हो। सय पटकसम्म जन्मदिन मनाउन पाउने विरलै सौभाग्यशाली व्यक्तिमा पर्छन् घिमिरे। उनलाई भेट्ने जो कसैले पनि ‘वहाँ सय वर्षको हुनुभयो’ भन्ने कल्पना गर्न ग...

अल्जाइमर्सका बिरामी : श्रीमानलाई दाइ भन्नेदेखि बाटो भुलेर चितवन पुग्नेसम्म

काठमाडौं– वैवाहिक जीवनसँगै बिताएको ५०औँ वर्षपछि श्रीमतीले अरुका सामु श्रीमान्लाई दाइ भनेर चिनाउँदा कस्तो अनुभव भयो होला?  रतन क्षेत्री (नाम परिवर्तन)की श्रीमती रमादेवी (नाम परिर्वतन)ले बिस्तारै सामान्य कुरा बिर्सदै जान थालेकी थिइन्। भर्खरै के काम गरँे, ...

मानसिक अस्पतालमा बाल मनोचिकित्सा र यौन मनोरोग सम्बन्धी विशेषज्ञ सेवा सुरु

काठमाडौं— मानसिक अस्पताल लगनखेलले आजदेखि बाल मनोचिकित्सा र यौन मनोरोग सेवा सुरु गरेको छ। आज देखि सुरु भएको बाल मनोचिकित्सा सेवा हरेक मंगलबार तीन बजेपछि उपलब्ध हुने अस्पतालका निर्देशक डा मोहनराज श्रेष्ठ लाखेले बताए। हरेक महिनाको शुक्रबार भने यौन मनोरोग ...

नीति रणनीति परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयले थाल्यो ‘पोलिसी डायलग’

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले हरेक महिना स्वास्थ्य विद्यमान र नयाँ बन्ने नीति रणनीति परिमार्जन गर्न विभिन्न क्षेत्रका विज्ञसँग  छलफल गर्न सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयका धेरै कार्यक्रम प्रदेश र स्थानीय तहमा गएकाले सोही अनुसारका नीतिरणनी...

न्याम्समा उपकूलपति छनोट प्रक्रियाको विरोध : आन्दोलनमा उत्रने वीरका डाक्टरको चेतावनी

काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा उपकूलपति नियुक्तिको विषयमा भइरहेको प्रक्रियाको विरोध भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याम्सभन्दा बाहिरबाट उपकूलपति नियुक्त गर्न लागेको भन्दै सरकारी चिकित्सक संघ, फ्याकल्टी डक्टर्स एशोसियस...

नेपालमा मुटु रोगीको अवस्था पत्ता लगाउन धुलिखेल अस्पतालको अगुवाइमा अनुसन्धान

काठमाडौं— नेपालमा मुटु रोगीको सम्रग अवस्थाबारे अनुसन्धानमुलक सर्वे सुरु गरिएको छ। काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पतालको नेतृत्वमा मुटुको रोगी अवस्था, उपचार, कुन ठाउँमा कस्ता मुटु रोगी, उपचार खर्च लगायतको समग्र अध्ययन भइरहेको छ।  नेपालमा नसर्ने...

  • 1 (current)
  • 2

पढ्नै पर्ने