स्वास्थ्यखबर


स्वास्थ्यखबर  

समाचारहरु

स्वास्थ्य परीक्षणमा ठगी मुद्दा चलाइएका भिएलएनका अध्यक्षलाई थुन्ने कि छाड्ने? निर्णय हुँदै

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्धको ठगी मुद्दामा बयान समाप्त भएको छ। जिल्ला अदालत ललितपुरमा आइतबार दर्ता भएको मुद्दामा सोमबार अदालतले बयान सकेको हो। मंगलवार उनको मुद्दामा ...

स्वास्थ्य परीक्षणमा ठगी मुद्दामा भिएलएनका अध्यक्षविरुद्ध थुनछेक बयान सुरु

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत ललितपुरमा दोस्रो ठगी मुद्दामा थुनछेक बयान सुरु भएको छ।  आइतबार प्रहरीले श्रेष्ठविरुद्ध २ करोड ७५ लाख बिगो माग दाबी ...

निदान अस्पतालमा बाथ रोग सम्बन्धी नि:शुल्क शिविर, ४७ जना बाथ रोगी भेटिए

पुल्चोकस्थित निदान अस्पतालले बाथ रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शनिबार सञ्चालित शिविरमा १ सय २० जना बिरामीको स्वास्थ्य जाँच गरिएको थियो। आएका बिरामीमध्ये ४७ जनामा बाथ रोग भेटिएको निदानका बाथ रोग विशेषज्ञ डा अञ्जल विष्टले जानकारी दिए।...

चितवन मेडिकल कलेजले भित्र्यायो १२८ स्लाइसको सिटी स्क्यान मेसिन

१२८ स्लाइस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको चितवन मेडिकल कलेजले शुभारम्भ गरेको छ। अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले अत्याधुनिक सिटी स्क्यान सेवाको एक औपचारिक उद्घाटन गरे। जर्मनीमा निर्मित यस मेसिन शरीरका विभिन्न रोगको निदानको लागि महत्वप...

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव परिवर्तन

सरकारले प्रदेश २ को सामाजिक विकास मन्त्रालयको सचिव परिवर्तन गरेको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सहित अरु विषय हेर्दै आएको छ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रदेश २ का सचिव हेरफेर गरेको हो। मन्त्रालयले २ नम्बर प्रदेशको आन्तरिक मामिला...

काठमाडौंमा दक्षिण एसियाली आँखा स्वास्थ्य सम्मेलन हुने

आँखा स्वास्थ्यका क्षेत्रमा भएका नयाँ प्रविधिको विकास र उपचारका विषयमा जानकारी दिन काठमाडौंमा १४ औं सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्मेलन हुने भएको छ।  सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीले संयुक्त रुपमा सम्मेलनको आयोजना गरेका हुन्। सम्मेलन आ...

बर्दिवासमा सर्पको बिगबिगी, ४२ जनाको उपचार

बर्दिवास- प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्...

स्टार हस्पिटलले ‘स्टार भ्रमण योजना’ समय थप्यो

स्टार हस्पिटलले जेठ महिनाभर सञ्चालन गरेको ‘स्टार भ्रमण योजना’ फेरि एक महिना थप गरेको छ। यो योजना अब असार महिनाभर सञ्चालन हुने भएको छ। 'स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ' भन्ने नारा रहेको यस योजनामा धेरैले सहभागिता जना...

मेडिसिटीमा प्रोष्टेट बायोप्सी अन्तरक्रिया

नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा प्रोष्टेट बायोप्सी विषयमा विशेष अन्तरक्रिया भएको छ। अस्पतालमा नेपाल युरोलोजी विशेषज्ञ चिकित्सक संघ (एनयुएएस)ले अन्तरक्रिया कार्यक्रम गरेको हो। प्रोष्टेट रोगका बिरामीहरको पहिचान र उपचारसंख्या बढ्दै गइरहेको अवस्थामा एनयुएएसले यो क्षेत्रम...

दाङमा साढे ५ हजार जनालाई मोतिविन्दु, स्थानीय तहसँगको सहकार्यमा निःशुल्क शल्यक्रिया अभियान सुरु

दाङ– दाङ जिल्लामा अझै पनि ५ हजार ६ सय ५७ जनामा मोतिविन्दुको समस्या देखिएको छ। नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल, रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा ५ हजार ६ सय ५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक छ।  ...

झापा कृष्ठरोगको उच्च जोखिममा, सबै स्थानीय तहमा खोजपड्ताल अभियान सुरु

दमक– झापा जिल्लामा पछिल्लो सरकारी तथ्यांकका अनुसार कुष्ठरोगको जोखिम उच्च देखिएको छ।  कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइए...

राष्ट्रकवि घिमिरे अस्पतालबाट डिस्चार्ज, एक सातापछि पुन: अस्पताल जाने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।  भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उनका छोरा इन्दीवरले जानकारी दिए। राष्ट्रकवि घिमिरे बिहीबार अ...

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ।  बिरामी पुर्‍याएर जनकपुर फर्किने क्रममा गाड...

आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँ : स्वास्थ्यमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताए । नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत र चीनका विशेषज्ञसहित अन्तर्राष्ट्रिय गोष्ठीमा उनले भारत र चीनसँगको सहकार्य...

चिकित्सा शिक्षाका ४३ दोषीलाई कारबाही गर्न डा गोविन्द केसीको माग, अाज माइतीघर मण्डलामा निषेधित क्षेत्रको भद्र अवज्ञा गर्दै

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले दोषी देखाएका ४३ जनालार्इ कारबाही गर्नुपर्ने माग गरेका छन्।  विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले दोषी देखिएकालाई उन्मुक्ति दिन नहुने...

डा केसीको अगुवार्इमा शनिवार माइतीघर मण्डला निषेधित क्षेत्रको भद्र अवज्ञा गरिने

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको अगुवार्इमा शनिवार माइतीघर निषेधित क्षेत्रको भद्र अवज्ञा गरिने भएको छ। विरोध गर्न पाउने जनताको अधिकार कुन्ठित गर्न माइतीघरलार्इ निषेधित क्षेत्र घोषणा गरिएको भन्दै डा केसीले उक्त कार्यक्रम घोषणा गरेका हुन्। शनिवार दिउसो १२...

प्रदेश ७ को बजेटमा स्वास्थ्य एयर लिफ्टिङ्गदेखि दुर्गममा विशेषज्ञ सर्जरी सेवा

प्रदेश ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याएको छ। प्रदेश सरकारले शुक्रबार आगामी आवका लागि २५ अर्ब ५६ करोड रुपैयाँको बजेट ल्याएको हो । कुल बजेटमध्ये प्रदेशले चालूतर्फ १३ अर्ब ३५ करोड र पुँजीगततर्फ ११ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ।  बजे...

निदानमा बाथ रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुँदै

पुल्चोकस्ति निदान अस्पतालमा एक दिने बाथ रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।   अस्पतालमा शनिबार निःशुल्क शिविर हुन लागेको हो। निशुल्क शिविर बिहान ९ देखि दिउसो १ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा निःशुल्क परामर्शका साथै ल्याब टेस्ट र एक्सरेमा ३० प्रतिशत ...

नेपाल मेडिसिटी अस्पताल र माउन्टेन चाइल्डबीच बिरामीलाई आकस्मिक उपचार गर्ने सम्झौता

काठमाडौं- भैंसेपाटीमा अवस्थित नेपाल मेडीसिटी अस्पताल र माउन्टेन चाइल्डबीच गोरखाका बिरामीहरुलाई उपचार गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र माउन्टेन चाइल्डका कन्ट्री निर्देशकले समझदारीपत्रमा हस्ताक्षर गरे। गोरखास्थित गाप स्वास्थ्य ...

स्वास्थ्य परीक्षणमा ३ अर्ब ठगीका अभियुक्त श्रेष्ठलाई ४ दिन म्याद थप

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठलाई थुनामा राखी अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले ४ दिन म्याद दिएको छ। ललितपुर प्रहरीले उनलाई बिहिबार अदालतमा उपस्थित गराएको थियो।  काठ...

पढ्नै पर्ने