विश्व स्वास्थ्य

निद्रामा सास फेर्न गाह्रो हुने मानिसलाई युरिक एसिड हुने सम्भावना बढी

एजेन्सी- निद्रामा सास फेर्न गाह्रो हुने समस्या (स्लिप एप्निया) को समस्या भएकामा युरिक एसिड (गाउट)को जोखिम बढी रहेको एक अध्ययनले देखाएको छ।  एउटा नयाँ अध्ययनका अनुसार निद्रामा अवरोध पुग्ने समस्याले दुखाइ हुने आरथाइटिस ‘गाउट’को जोखिम बढा...

अबदेखि भारतमा समलिङ्गी सम्बन्ध वैध

बिबिसी- एउटा ऐतिहासिक निर्णय गर्दै भारतको सर्वोच्च अदालतले दुई वयस्क व्यक्तिबीच सहमतिमा हुने यौनसम्बन्धलाई वैधानिक ठहर गरेको छ। सर्वोच्चका पाँच न्यायाधीश रहेको बेन्चले समलिङ्गी यौनलाई 'अप्राकृतिक कसुर' मान्ने 'सेक्शन ३७७' भनेर चिनिने पुरानो कानुनी प्र...

डा पुनम क्षेत्रपाल पुनः चुनिइन् डब्लुएचओ साउथ इस्ट एशियाकी निर्देशक

कठमाडौं– डा पुनम क्षेत्रपाल सिंह निरबिरोधमा रुपमा दोस्रो कार्याकालका लागि डब्लुएचओ साउथ इस्ट एशियाकी निर्देशक चुनिएकी छिन् । बुधबार उनलाई आगामी ५ वर्षका लागि निर्देशकका रुपमा दोस्रो कार्यकाल दिइएको हो।  दक्षिण पूर्वी एशियाका ११ सदस्य देशको चालु क्षेत्रीय ...

भारत: सिरिन्ज प्रयोगमा लापबाहीका कारण एकको मृत्यु २५ गम्भीर, नर्सलाई दोष

मध्यप्रदेश, भारत- सिरिन्जको प्रयोगमा लापरबाही गरेका कारण भारतको मध्यप्रदेश अन्तर्गत दातीया जिल्लामा एक जनाको मृत्यु भएको छ भने २५ जना अन्य बिरामी गम्भीर बनेका छन्।  सिरिन्जको प्रयोगमा नर्सबाट भएको लापरबाहीका कारण उक्त घटना हुन पुगेको एएनआईसँग कुरा गर्दै अस्प...

लालु यादव मुब्बई अस्पतालबाट फिर्ता

मुम्बई- राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादव मुम्बईस्थित एशियन हार्ट इन्टिच्युटमा करिब पाँच दिन लामो उपचारपछि अस्पतालबाट घर फिर्ता भएका छन्। छाती दुख्ने समस्या आएपछि जेलबाट अस्पताल लगिएका पूर्व मुख्यमन्त्री यादवलाई हेमोग्लोविनको सङ्ख्या आवश्यकताभन्दा कम भएको पाइ...

बाबुआमाले गरेको धुम्रपानले छोराछोरीको फोक्सोमा गम्भीर रोग लाग्ने

बिबिसी- एउटा अमेरिकी अनुसन्धानका अनुसार धूम्रपान गर्ने बाबुआमासँग हुर्किएका चुरोट नपिउने छोराछोरी वयस्क अवस्थामा पुगेपछि उनीहरूमा फोक्सोसम्बन्धी गम्भीर रोगका कारण मृत्यु हुने जोखिम उच्च छ। हरेक वर्ष प्रत्येक एक लाखको दरले धूम्रपान नगर्ने वयस्कहरूले ज्यान गुमाइरहेका छन्...

के अब कलेजो प्रत्यारोपणको आवश्यकता नै नपर्ने हो ?

बिबिसी– स्कटल्यान्डस्थित एडिन्बरा विश्वविद्यालयका वैज्ञानिक भन्छन्, ‘कसैको कलेजो अचानक बिग्रिए उसले अब कलेजो प्रत्यारोपण गराउन जरुरी छैन।’ कलेजोमा प्राकृतिक रुपमा नै बिग्रिएको कलेजो ठिक हुने क्षमता हुन्छ। तर, केही गम्भीर अवस्थामा भने कलेजोको उक्त क्षमत...

ताइवानको एक अस्पतालमा आगलागी, नौ जनाको मृत्यु

बिबिसी- ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् ।  ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ जना अस्पतालभित्र रहेको समयमा नौतले सरकारी अस्पतालको स...

कङ्गोमा इबोलाका कारण थप १० जनाको मृत्यु

कङ्गो- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ।  दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबो...

फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम बढी, कारण यस्तो छ

बिबिसी- फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम पहिले सोचिएको भन्दा धेरै पाइएको ब्रिटेनका वैज्ञानिकहरूले बताएका छन्। मुटुको मांसपेशीलाई असर गर्ने कार्डियोमायोप्याथिज भनिने केही रोगको कुनै लक्षण नै हुँदैन। तिनमा एक्कासि हृदयाघात हुन्छ। अधिक शा...

अर्जेन्टिनाको सिनेटले पारित गरेन गर्भपतन कानुन

ब्युनस आयर्स – अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।  यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ ...

कंगोमा फेरि फैलियो इबोल: ३३ जनाको मृत्यु भएको पुष्टि, मृतकमध्ये दुर्इ स्वास्थ्यकर्मी

कंगो– इबोलाका कारण कंगोमा ३३ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार ४३ जनामा इबोला भाइरस रहेको आशंका छ भने १३ जनामा ल्याब टेस्ट गर्दा इबोला भएको पुष्टि भएको छ। इबोलाको महामारी उत्तर किभु प्रान्तमा ५ ठाउँमा फैलिरहेको छ भने इटयुरी प्रान्तको ए...

फिलिपिन्समा सयौं आमाले गराए एकसाथ स्तनपान

एजेन्सी– फिलिपिन्सका सयौं आमाहरुले एकसाथ आफ्ना सन्तानहरुलाई स्तनपान गराएका छन् । आइतबार स्तनपान सप्ताहका सन्दर्भमा सरकारले गरेको कार्यक्रमलाई समर्थन गर्दै उनीहरुले सामूहिक स्तनपान गराएका हुन्। झन्डै १५ सय महिलाहरुले फिलिपिन्सको राजधानी मनिलास्थित मनिला स्टेडियममा...

केमोथेरापीको डोज पुरा भएपछि मेरो जिन्दगी कता जाने हो पत्ता लाग्छ : अभिनेता इरफान खान

एजेन्सी– क्यान्सरको उपचार गराइरहेका भारतीय अभिनेता इरफान खानको स्वास्थ्य अवस्थामा सुधार आइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। ५१ वर्षीय अभिनेता खान केही महिनायता बेलायतमा रहेर ‘न्युरोन डोक्रिन ट्युमर’को उपचार गराइरहेका छन्। उ...

दुईटा गर्भाशय भएकी एक महिलाः जसले एकसाथ दुईतिर गर्भवती भएर पाइन् जुम्ल्याहा सन्तान

वेलायत– जुम्ल्याहा सन्तान पाउनु आफैंमा आचार्यजनक कुरा हो । तर, जेनिफर अश्वुडको समाचार बेग्लै छ । चिकित्सकले उनका दुईटा गर्भाशय रहेको र दुवैमा एकसाथ बच्चा बसेको पाए। विश्वमा ५ करोड महिलामा एकलाई यस्तो हुन्छ । भर्खरै वेलायतमा यस्तो घटना घटेको हो। दुईटा गर्भ...

४० वर्षपछि वीर्यदातालार्इ चिठी पठाउँदै सोधियो: मेरो बुबा को हो?

मेलबोर्न, अस्ट्रेलिया- पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला । पूर्व प्रहरी समेत रहेका यी अस्ट्रेलियाली हजूरबुबा चिठी खोलेर आश्चर्यचकित भए ।&nbs...

भारतमा अभियानपछि हट्यो 'स्यानिटरी प्याड' माथिको कर

बिबिसी- महिनौँदेखि अधिकारवादीहरूले चलाएको विरोध अभियानपश्चात् भारत सरकारले सबैखाले 'स्यानिटरी' उत्पादनमा लगाएको १२ प्रतिशत कर हटाएको छ। महिलाहरूले महिनावारीका बेला प्रयोग गर्ने उत्पादन सहित सबै वस्तुमा १२ प्रतिशत बस्तु तथा सेवा कर अर्थात् जीएसटी लाग...

आमाहरूको रक्तस्राव रोक्ने नयाँ औषधि

बिबिसी- शिशुहरूको जन्म हुनुअघि आमाहरूको रक्तस्राव रोक्न दिइने नयाँ औषधिले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने बेला हुने अत्यधिक रक्तस्रावका कारण विश्वभर हरेक वर्ष ७०,००० महिलाको ज्यान जाने गर्दछ...

६० वर्षपछि पहिलो पटक औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत

अमेरिकी औषधि नियामक निकायका अधिकारीहरूले ६० वर्षपछि पहिलो पटक मलेरिया अर्थात ‌‍‍औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत गरेका छन्। नयाँ औषधिको एकै मात्राले भाइभ्याक्स् भनिने बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने उनीहरूको भनाइ छ। भाइभ्याक्स् मलेरियाले...

५ हजार वर्षअघि हिममानवले के खान्थे? पोषणयुक्त थियो?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। 'मास्टर्शेफ'मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो। ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहे...

पढ्नै पर्ने