समाचार

मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण


ललितपुर- विश्व मधुमेह दिवसको अवसरमा काठमाडौं डाइबिटिज एन्ड थाइराइड सेन्टर र अल्का अस्पताल प्रालि जावलाखेलले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन्। विश्व मधुमेह दिवसमा मंगलबार अल्का अस्पताल जावलाखेलमा निःशुल्क स्वास्थ्य परीक्षणसँगै जनचेतना मूलक र्‍याली तथा अन्तर्क्रिया कार्यक्रम आयोजना भयो।

मधुमेह सम्बन्धी जनचेतना मूलक र्यायलीमा करिब साढे ५ सय जनाले सहभागिता जनाएका थिए। यस्तै, निःशुल्क स्वास्थ्य परीक्षणमा ५ सय जनाले सेवा लिएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए। शिविरमा आउने बिरामीको मधुमेह, मिर्गौला, स्त्री रोग तथा प्रसूति आदि रोगको निःशुल्क परीक्षण गरिएको थियो। साथै शिविरमा आवश्यक ल्याव टेस्ट र औषधि समेत निःशुल्क गरिएको डा. अंशुमाली जोशीले जानकारी दिए।

यसैगरी, नयाँ बानेश्वरस्थित केन सेन्टर र नेपाल डायबिटिज एसोसिएसनले पनि मंगलबार काठमाडौंको न्युरोडमा निःशुल्क मधुमेह परीक्षणको कार्यक्रम आयोजना गरेका थिए। ४ सय १५ जनाको मधुमेह परीक्षणमा १० प्रतिशतमा प्रि-डायबिटिजको समस्या देखिएको कार्यक्रम संयोजक आयुष बज्राचार्यले जानकारी दिए।

मधुमेह परीक्षणका क्रममा मधुमेह बढ्नुका मुख्य कारण अवस्थ्य खानपान, व्यायामको कमी र नियमित शारीरिक परीक्षणको अभाव भएको डायटिसियन नानी शोभा शाक्यले बताएकी थिइन्। सो अवसरमा मधुमेही बिरामीको खानपान सम्बन्धी सामग्री प्रदर्शनी पनि गरिएको थियो।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने