जीवनशैली

हर्टअट्याकका लक्षण

डा. प्रकाशराज रेग्मी, वरिष्ठ मुटुरोग बिशेषज्ञ

मुटुको आकस्मिक (इमर्जेन्सी) अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग (गिदी) लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ ।

शरीरका लागी अत्यावश्यक यी वस्तुहरूको आपूर्ति रोकिएमा सबैभन्दा पहिले दिमागमा असर पर्छ । ५ मिनेटसम्म दिमागमा अक्सिजन र ग्लुकोज आपूर्ति बन्द भएको खण्डमा दिमागको मृत्यु हुन्छ । दिमाग मरेपछि ज्यान सकिएको मानिन्छ ।

 मुटुको इमर्जेन्सी अवस्था उत्पन्न हुँदा रक्तसञ्चालनमा अवरोध उत्पन्न हुन्छ । र, दिमाग लगायत अन्य अंगहरूमा अक्सिजन र ग्लुकोजको आपूर्ति घट्छ । यस प्रकार आवश्यक वस्तुहरूको आपूर्ति घट्दै जाँदा ज्यान खतरामा पर्छ । इमर्जेन्सी अवस्थामा उपचार गर्न कत्ति पनि ढिलाइ गर्नुहुदैन ।

एकपल्ट दिमाग मरेपछि यसलाई फेरि ब्यूँताउन सकिँदैन । ५ मिनेट अघि वा पछि भन्ने कुराले धेरै फरक पार्छ । अस्पताल पुग्न ढीला भएर अकालमै ज्यान गएको धेरै घटना हामीले देखेका छौँ । अस्पताल समयमा नै पु¥याएर पनि उपचारमा ढिलाई भई ज्यान गुमेका दुःखदायी घटनाहरू पनि देखेका छौँ । त्यसैले इमर्जेन्सी अवस्थामा तुरुन्त अस्पताल गइ चाँडो उपचार सुरु गरिनुपर्छ । इमर्जेन्सी विभागको काम भनेकै यस्ता तत्काल उपचार गरिहाल्नुपर्ने रोगीहरूलाई सेवा पु¥याउने हो ।

हात गोडाको नसा काटिएर रक्तश्राव भइरहनु, झाडा–वान्ता भएर शरीरमा रक्तचाप घट्नु, पानी र लवण कमी हुनु, शरीरमा कुनै कारणवश अत्याधिक पीडा हुनु, उल्टी र बेहोस हुने गरि टाउकोमा चोट लाग्नु, पेटभित्र आन्द्रा फुट्नु वा बट्टारिनु आदी सबै इमर्जेन्सी अवस्थाहरू हुन् ।

मुटुका इमर्जेन्सी अवस्थाहरूबारे धेरैलाई जानकारी नै छैन । यसकारण बेस्सरी छाती दुख्दा अस्पताल जानुको साटो डाक्टरलाई घरमा बोलाएर जँचाउने, एकैछिनमा सन्चो हुन्छ कि भन्ने आशमा घरमै आराम गरि समय बर्बाद गर्ने गरेको पाईन्छ । हातको नाडी बिस्तारै चल्ने र बेहोस हुने अवस्थामा पनि कमजोरी हो कि भनी आराम गरि बस्ने, रक्तचाप धेरै नै बढि हुँदा पनि मलाई टाउको दुखेकै छैन भनि उपचार गर्न नमान्ने चलन छ । मुटुका इमर्जेन्सी अवस्थाहरूको समयमै पहिचान गरी प्राथमिक उपचार विधि अपनाई सक्दो चाँडो अस्पतालको इमर्जेन्सी विभागमा पुग्नुपर्छ भन्ने जानकारी सबैमा हुनु पर्छ । यी अवस्थाहरू मुटुका इमर्जेन्सी अवस्था हुन् ।

छातीको बीच भागमा धेरै पीडा हुने

मुटु छातीको बीच भागमा हुन्छ । यस भागमा धेरै नै दुख्यो भने हृदयघातको शंका गर्नुपर्छ । हृदयघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुंगाले थिचेजस्तो पीडा हुन्छ र मरी पो हाल्छु कि भन्ने डर उत्पन्न हुन्छ । कसै–कसैलाई आगोले पालेजस्तो हुने, पीडा केही गर्दा पनि ठीक नहुने, खलखली पसिना आउने र वाकवाकी लाग्ने हुन्छ । मुटुभित्र रगत पु¥याउने नशा बन्द भयो भने यस्तो पीडा उत्पन्न हुन्छ । यो इमर्जेन्सी अवस्था हो ।

छातीमा पीडा उत्पन्न हुनेबित्तीकै यसको उपचार सुरु गर्नुपर्छ । बन्द भएको नशालाई खुलाउनेतर्फ उपचार केन्द्रित हुनुपर्छ । बन्द भएको नशालाई जति चाँडो खुलाउन सक्यो त्यति राम्रो हुन्छ । छातीमा पीडा उत्पन्न भएको एक घण्टाभित्र अस्पताल पु¥याएर उपचार सुरु गर्नु सबैभन्दा उत्तम हुन्छ । यो पहिलो एक घण्टालाई स्वर्ण घण्टा (गोल्डेन आवर) भनिन्छ । यो समयमा बन्द भएको नशा खुल्यो भने हृदयघात भएतापनि मुटुलाई क्षति पुग्नबाट पूर्णरुपले बचाउन सकिन्छ । ६ घण्टाभित्र नशालाई खुलाउन सक्यो भने सानो क्षति पुग्छ । योभन्दा ढिला भयो भने धेरै नै ठूलो क्षति पुग्छ । यस अवस्थामा मुटुका मांशपेशीको केहि भाग मर्दछ र मुटु सदाको लागी कमजोर भएर जान्छ । एकपल्ट मुटुको मांशपेशी मरेपछि त्यो फेरि ब्यूँतिदैन ।

 हृदयघातको उपचारमा समयको एकदमै ठूलो महत्व छ । मर्ने बाँच्ने समय ढिलोचाडोले निर्धारण गर्छ । अस्पताल जाने क्रममा केहि प्राथमिक उपचार विधिहरू अपनाँउदा बेस हुन्छ । जस्तै– एक चक्की एस्पिरिन औषधि मुखमा हालेर चुस्ने, कस्सिएको कपडा, कमर पेटी आदि फुकालेर जीउ हलुका बनाउने, टाउकोलाई केहि उठाउनेगरि सिरानी राखेर आरामसँग पल्टने, झयाल–ढोका खोलेर खुला हावामा सास फेर्ने, ५ मिलिग्राम सोरविट्रेट वा आयसोड्रिल चक्की जिब्रोमुनि राख्ने, खानेकुरा केहि पनि नखाने आदि ।

 अस्पताल नपुग्दासम्म हातको नाडी छाम्दै गर्नुपर्छ । नाडी पूर्णतया बन्द भयो, हरायो र बिरामी बेहोस भयो भने छातीको मसाज र कृत्रिम श्वास दिनुपर्छ । यसो गरेर पनि बिरामीलाई ३०–४० मिनेट सम्म बचाईराख्न सकिन्छ । अस्पताल नपु¥याउँदासम्म यो कार्य जारी राख्नुपर्छ ।

दम धेरै बढ्ने

मुटुरोगीमा दम बढ्नु भनेको मुटु फेल हुनु जस्तो हो । दम खतराको घण्टी हो तर यो आफैमा रोग भने होईन । अलि–अलि मात्र दम बढ्ने भएको छ भने इमर्जेन्सी अवस्था होईन तर धेरै बढेकोछ भने इमर्जेन्सी अवस्था हो ।

आरामसाथ बस्दा वा दुई–चार पाइलामात्र हिड्दा पनि दम बढने, पल्टिदा दम बढ्ने, बस्दा घट्ने हार्टफेलको माथिल्लो अवस्था हो । यस्तो हुँदा अस्पतालको इमर्जेन्सीमा उपचारका लागी जानुपर्छ । हार्ट फेल हुँदा दमको साथमा खोकी लाग्ने, कहिलेकाहीँ कफमा रगत देखा पर्ने, दुवै खुट्टा सुन्निने हुन्छ । हार्ट फेल भएको अवस्थामा खुट्टा तल झार्ने र टाउको माथी उठाउने पोजिसनमा बस्नुपर्छ । टाउकोको पोजिसन जीउ र खुट्टाहरूको भन्दा जतिसक्दो माथी उठाउनुपर्छ । २–३ वटा तकियामा आड लागेर बस्नु उत्तम हुन्छ । झोल पदार्थ पिउनुहुँदैन तर पिसाब बढाउने औषधि लिनुपर्छ । अक्सिजन लिनुपर्छ र जतिसक्दो चाँडो उपचारका लागी अस्पताल जानुपर्छ ।

मुटु धेरै छिटो वा धेरै ढिलो चल्ने

मुटुको गति प्रतिसेकेण्ड ६० देखि १०० हुनुपर्छ । यदि कसैको मुटु प्रतिमिनेट ४० भन्दा कम वा १४० भन्दा बढी भयो भने इमर्जेन्सी अवस्था हो । यस्तो अवस्थामा चक्कर लाग्ने बेहोस हुने हुन्छ । मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसँग पम्प गर्न सक्दैन, जसका कारण दिमागमा पर्याप्त मात्रामा रगत पुग्दैन । यसो हुँदा दिमागमा क्षति पुग्छ । धेरै क्षति पुग्यो भने दिमाग मर्न सक्छ । जति सक्यो चाँडो मुटुको धड्कन ठीक पार्ने उपचार सुरु गर्नुपर्छ । प्राथमिक उपचारको रुपमा मुटु छिटो चल्दा गहिरो श्वास तानेर भित्रै रोक्ने, आँखामा चिसो पानीले भिजेको रुमाल राख्ने, घाँटीको दाँयातर्फको ठूलो नशा मालिस गर्ने, हातका औँलाहरूलाई मुखभित्र छिराएर घाँटीसम्म पु¥याई उल्टी हुने गरी वाक्वाक् गर्ने आदि गर्नुपर्छ ।

यसो गर्दा छिटो–छिटो चलेको मुटु ठीक गतिमा चल्ने हुन सक्छ । मुटु धेरै छिटो चलेर बिरामी बेहोस भयो, रक्तचाप धेरै नै घट्यो, मृत्युको सम्भावना जस्तो देखियो भने ढिला नगरी दाँया हात मुठ्ठी कसेर बेस्सरी बिरामीको छातीमाथि एकपल्ट बजार्नुपर्छ । यसले करेन्ट (सक) दिएजस्तै काम गर्छ । एकपल्टमा नभएमा फेरि मुठ्ठीले छातीमा हिर्काउने काम दोहो¥याउनुपर्छ । यो कार्य निर्दयीजस्तो देखिए पनि मुटु धेरै छिटो वा ढिलो चली बेहोस भएको अवस्थामा ज्यान बचाउन सक्ने एकमात्र प्राथमिक उपचार हो । अस्पतालमा मेसिनबाट विघुतिय झड्का मुटुमा लगाईन्छ । अस्पताल पु¥याउनु भन्दा अगाडी जोडले छातीमा बजारेको मुक्काले विघुतीय झड्का सरह सञ्जीवनीको काम गर्न सक्छ ।

मुटुको गति बन्द हुन नदिन बिरामी आफैले अपनाउन सकिने महत्वपूर्ण उपाय

हृदयघात वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने चक्कर लाग्छ, बेहोस हुने स्थिति आँउछ । १० सेकेण्डभित्र प्राथमिक उपचार नगरे बेहोस भइन्छ । बिरामी एक्लै भएको अवस्थामा यस्तो पस्थिति आयो, साथमा कोही छैन, औषधि पनि केहि छैन तर अस्पताल धेरै टाढा छैन भने अस्पताल जाँदाजाँदै एक प्रभावकारी र महत्वपूर्ण उपाय अपनाँउन सकिन्छ । यसरी प्राथमिक उपचार गर्दा आत्तिनुहुदैन र बेस्सरी जोडसँग खोक्न सुरु गर्नुपर्छ । खोकी कफ निकाल्न सक्ने जति जोडको साथ हुनुपर्छ । यसरी गहिरो सास लिने र जोडसँग खोक्ने गर्नुपर्छ । यसोगर्दा कृत्रिम श्वास र मुटुको बाहिरी मालिस (हार्ट मसाज ) गर्दाको जस्तै लाभ मिल्छ । अस्पताल पुगेर उपचार सुरु नहुन्जेल श्वास तान्ने, जोडले खोक्ने कार्य जारी राख्नुपर्छ ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live