मुख्य समाचार

स्वास्थ्यको १२ औं तहमा तीन जनाको नाम सिफारिस



काठमाडौं- स्वास्थ्य मन्त्रालयले १२ औं तहको प्रमुख विशेषज्ञ पदमा तीन जनाको नाम सिफारिस गरेको छ। मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका दुई पदमा तीन जनाको नाम सिफारिस गरेको हो।

समितिले कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेल, सुदूरपश्चिमका क्षेत्रिय स्वास्थ्य निर्देशक डा सुशील प्याकुरेल र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलको नाम सिफारिस गरेको हो।

लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य अध्यक्ष रहने स्वास्थ्य मन्त्रालयको बढुवा समितिमा मुख्य सचिव, लोकसेवाका सदस्य, विषय विज्ञ र स्वास्थ्य मन्त्रालयमा सचिव सदस्यसचिव रहने प्रावधान छ ।

स्वास्थ्यमा १२ औं तहका चार वटा पद छन् । हाल उक्त तहमा डा पुष्पा चौधरी र डा विनोदमान श्रेष्ठ मात्र कार्यरत छन् । बढुवा समितिले सिफारिस गरेको तीन जनाको नाम आगामि मन्त्रीपरिषदमा पठाइने बताइएको छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने