टिप्स/जानकारी

घाउ, खत र दाग भएकाहरुले ध्यान दिनुपर्ने कुराहरु  

स्वास्थ्य खबरपत्रिका

जलेको घाउ निको भएपछि, घाउ परसिएपछि वा शल्यक्रिया गरिएपछि एक किसिमको चिन्ह, दाग वा खत छालामा रहिरहन्छ । साधारण तवरबाट घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत जहाँ चोट लागेर क्षति पुगेको छ, त्यहीँ देखिन्छ ।

 घाउको खत वा दागको कसरी पहिचान गर्ने ? 
    घाउको खत वा दागको  रङ्ग रातोबाट हल्का बैजनी हुन्छ । 
    घाउको खत वा दाग  चिलाउने हुन्छ । 
    घाउको खत वा दाग अलिकति  पलाएको वा छालाको सतह भन्दा  माथि उठेको हुन्छ । 

ध्यान  दिनुपर्ने कुराहरु 
यदि घाउको खत वा दागको  समयमै उचित व्यवस्थापक गरिएन भने यो पलाएर  छालाको सतह भन्दा  माथि  उठेर ठुलो खत वा दाग बन्छ । जुन  पीडादायक हुन्छ  र घाउ  लागेको अंगको सामन्य चाललाई सीमित बनाइदिन्छ । 

पलाएको वा उठेका घाउको खत  वा दाग 
घाउ निको हुने क्रममा घाउको सामान्य तन्तु रहेको ठाउँमा नयाँ पलाइको तन्तुको बाक्लो तहको वृद्वि हुँदै जान्छ । समान्यतया  चोकपटक  लागेको  एकदेखि  तीन महिनाको अवधिमा घाउमा तन्तुको बाक्लो तह वृद्वि भई  खत वा दाग पलाई छालाको सतह भन्दा माथि उठ्न थाल्दछ । 

 घाउको खत  वा दाग पलाएको कसरी थाहा पाउने ?
    घाउको  खत वा दाग रहेको ठाउँ  थोरै अथवा  धेरै कालो हुदै जान्छ । 
    छालाको बनोट खस्रो र एकै सतहमा नमिलेर अग्लो होचो हुन्छ । 
    असहज र अफ्ठ्यारो महसुस हुने अथवा दुख्ने हुन्छ । 
    घाउ लागेको भाग  चलाउन गाह्रो  हुन्छ । 
    घाउ लागेको ठाउँ  वा अंग  धेरै प्रयोग नहुने अर्थात् नचलाउने भएकोले प्रभावित क्षेत्र पातलो  देखिन्छ र कमजोर हुन्छ । 

    कसरी रोकथाम कसरी गर्ने 
    बास्ना नआउने साबुनले छालालाई राम्ररी सफा  गर्ने 
    छालालाई पूर्ण रुपमा सुख्खा राख्ने 
    घाउको खत वा दागलाई  घाम र तातोबाट  बचाउने 
    घामबाट बच्न सुरक्षात्मक कपडा र टोपी लगाउने 
    घाउको खत वा दागलाई ओसिलो चिसो, नरम राख्ने

    मालिस गर्ने  
    साधारण नरिवलको तेल दिनमा ३ देखि  ४ पटक लगाउने 
    घाउ पुरिन थालेपछि मालिस गर्न थाल्ने 
    घाउमा तेल पूरा  र समान मात्रामा दल्ने 
    घाउको भागलाई सेतो हुने गरी प्रसस्त दवाब दिएर तेल लगाउने 
    घाउको खत वा दागमाथि बुढी औँला  र औँलाहरुको गड्डा बनाई तीनैतिरबाट मालिस गर्ने 
१ गोलो 
    घडिको चाल विपरीत मालिस गर्ने 
२ ठाडो 
     तल र माथिबाट  मालिस गर्ने 
३ समानान्तर 
एक भागबाट अर्को भागमा समानान्तर रुपले मालिस गर्ने 
अठ्याउने, पकड्ने र बटार्ने 
घाउको खत वा दाग परेको भागलाई आफ्नो बुढी औला र चोर औलाले पकड्ने र बटार्ने 

प्रेसर गार्मेन्टस वा ब्यान्डेजको प्रयोग 
घाउको खत वा दाग परेको भागमा प्रेसर गार्मेन्टस वा ब्यान्डेजको प्रयोग गर्दा शरीरको साधारण स्वरुप बन्न्मा मद्दत गर्छ र असाधारण खत वा दाग पलाउन, यसलाई सतह माथि उठेन दिँदैन र कुरुप  बन्न रोक्दछ ।
जलेको चोटमा प्रेसर गार्मेन्टस वा ब्याण्डेजको प्रयोग २ वर्ष सम्म गर्नुपर्दछ ।
ध्यान दिनुपर्ने कुराहरु 
नेपालमा प्रेसर गार्मेन्टस सजिलै पाउन सकिन्न त्यसैले प्रेसर गार्मेन्टसको सट्टामा क्रेप ब्यान्डेजको प्रयोग गर्न सकिन्छ । 

आँखा वरिपरिको घाउको खत वा दाग 
क्रिम या तेल निरन्तर रुपमा आँखा वरिपरि लगाउने र त्यसपछि वारम्वार आँखा बन्द र खोल्ने, आँखाको नानीले चारैतिर हेर्ने र घुमाउने प्रयास गर्ने 
ध्यान दिनुपर्ने कुरा 
आँखामा तेल पर्न नदिने 

मुख र आँखाको खत वा दाग
    ओठको भ्यास्लिन र ग्लिसिरिन वा नरिवलको तेल लगाएर नरम र ओसिलो बनाइराख्ने 
    अनुहारका मांसपेशीहरुलाई दिउँसो पति सक्दो त्यति चलाई राख्न कोशिस गर्ने 
    परिवारका सदस्य, साथीहरु व्यक्तिसित कुराकानी गर्ने 
    गीत वा भजन गाउने 
    नियमित रुपमा अमला, छुर्पी वा च्युइङगम चपाइरहने 
    एबीसीडी जस्ता अक्षरहरु चिनिरहने 
    ठूलो आवाज निकाली हाँस्ने र कराउने 
    मुख चौडा गरी खोल्ने 
    हाँस उठ्दो हुने गरी अनुहारलाई बङ्ग्याउने विभिन्न आकार बनाउने
    मुख  चौडा गरी खोल्ने, हाँस्ने, खाने र गोलो  बेलानाकार वस्तुहरु मुखमा घुसाउने। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live