मुख्य समाचार

डा प्याकुरेल र डा पौडेल भए १२ औं तहमा बढुवा

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- सरकारले स्वास्थ्य मन्त्रालयका दुई डाक्टरलाई १२ औं तहमा बढुवा गरेको छ। आज बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्यको रिक्त रहेको दुई पदमा दुई जना डाक्टरलाई बढुवा गरेको हो।

मन्त्रीपरिषद्ले सुदूरपश्चिमका क्षेत्रिय स्वास्थ्य निर्देशक डा सुशील प्याकुरेल र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेललाई १२ औं तहको प्रमुख विशेषज्ञ पदमा  बढुवा गरेको हो। 

मन्त्रीपरिषद्ले बढुवा समितिको सिफारिसका आधारमा तीनजनामध्ये प्याकुरेल र पौडेललाई बढुवा गरेको हो। बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेल, सुदूरपश्चिमका क्षेत्रिय स्वास्थ्य निर्देशक डा सुशील प्याकुरेल र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलको नाम सिफारिस गरेको थियो। 

लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य अध्यक्ष रहने स्वास्थ्य मन्त्रालयको बढुवा समितिमा मुख्य सचिव, लोकसेवाका सदस्य, विषय विज्ञ र स्वास्थ्य मन्त्रालयमा सचिव सदस्यसचिव रहने प्रावधान छ ।

स्वास्थ्यमा १२ औं तहका चार वटा पद छन् । उक्त तहमा डा पुष्पा चौधरी र डा विनोदमान श्रेष्ठ मात्र कार्यरत थिए। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live