नर्सिङ

मिस नर्स चितवनको अन्तिम प्रतिस्पर्धामा १३ नर्स उत्रिँदै

राजेन्द्र आचार्य

चितवन– मिस नर्स चितवनको दोस्रो संस्करणको अन्तिम प्रतिस्पर्धा मंसिर १७ मा हुने भएको छ। मिस नर्स २०१७ मा ३० जना नर्स सहभागी भएकामा १३ जना अन्तिम प्रतिस्पर्धामा छनौट भएका छन्।

भिन्न समयमा उनीहरुलाई व्यक्तित्व विकाससँगै, अन्य सीप तथा तालिम दिएर फाइनल प्रतिस्पर्धाका लागि तयार पारिएको आयोजक सहज मिडियाले जनाएको छ। चितवनमा नर्सिङ पढ्दै तथा नर्सिङ पेसामा आवद्ध भएका १८ देखि २५ वर्ष उमेर समूहका नर्सले प्रतियोगितामा भाग लिएका छन्। 

मिस नर्सको उपाधि विजेताले २५ हजार रुपैयाँ नगदसहित एक लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन्। त्यस्तै, फस्ट रनरअपले २० हजार रुपैयाँ नगदसहित ७५ हजार रुपैयाँ बराबरको पुरस्कार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ। नर्सिङ पेसामा रहेका युवतीलाई बाहिरी क्षेत्रमा समेत परिचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक सहज भण्डारीले बताए।

मिस नर्स चितवनको पहिलो संस्करण सन् २०१४ मा आयोजना गरिएको थियो। 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live