समाचार

पोखरामा ३० औ विश्व एड्स दिवस यसरी मनाइयो

सगुन पौडेल

मंसिर – हरेक वर्ष डिसेम्वर १ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमहरु गरी विश्व एड्स दिवस मनाइन्छ । एचआइभी एड्स सम्बन्धी जनचेतना फैलाउने, यसको रोकथाम तथा उपचारको बारेमा विश्वभर जानकारी दिने, वहस वकालत गर्ने उदेश्यले मनाउने गरिन्छ ।

‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मूल नारा सहित ३० औ विश्व एड्स दिवस पोखरामा भव्य रुपमा मनाईएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखा, पश्चिम क्षेत्रीय एचआइभी एड्स सञ्जाल तथा एचआइभी एड्स र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा जनचेतनामुलक र्‍याली सम्पन्न भएको छ । कार्यक्रमको प्राविधिक संयोजन युवा जनस्वास्थ्य समाज नेपालले गरेको थियो।

पोखरा चिप्लेढुङ्गावाट सुरु भएको र्‍याली जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाइँले उद्घाटन गरका थिए । पृथ्वीचोक बसपार्कमा सम्पन्न गरिएको थियो । विश्व एड्स दिवसको महत्ववारे युवा जनस्वास्थ्य समाज नेपालका संयोजक सगुन पौडेलले प्रकाश पारेका थिए । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाइँले मन्तव्य राखेका थिए।

एचआइभी रोकथामका कार्यक्रमहरुले उल्लेखनिय प्रगती गरेर नयाँ संक्रमणदर घटेको देखिन्छ । यद्यपी संक्रमितहरुको जीवनस्तर तथा सामजिक  आर्थिक  स्थितिलाई भने ध्यान दिनुपर्ने, समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुनै न कुनै किसिमको लान्छना तथा भेदभाव रहिरहेको, समाजमा लुकेर रहेको लान्छना तथा भेदभावलाई हटाउन सकेमा धेरै कुरालाई सहयोग, शारिरिक रुपमा मात्र नभइ मानसिक रुपमा पनि पर्न जाने असर न्युनिकरण गरी एचआइभीसँग सम्वन्धित मृत्युुलाई घटाउन कुरामा वक्ताहरुले जोड दिएका थिए।

वाजागाजा सहित सम्पन्न उक्त र्‍यालीमा विभिन्न व्यक्ति, सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संघसंस्थाहरु, निजी क्षेत्रको उपस्थिती रहेको थियो । पश्चिम क्षेत्रीय एच आई भि एड्स संजालका अध्यक्ष विश्व मोहन गौचनको अध्यक्षतामा सम्पन्न गरिएको छ ।  एचआइभी एड्स सम्वन्धी जनचेतना फैलाउने उद्देश्यले दिन भर वसपार्कमा इन्फो डेक्सको व्यवस्था गरिएको छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live