टिप्स/जानकारी

कति सुरक्षित छन् महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड ?

स्वास्थ्य खबरपत्रिका

भर्खरै मात्र चीनको सान्यामा आयोजित ‘मिस वल्र्ड’को श्रीपेच जितेर स्वदेश फर्किएकी भारतीय सुन्दरी मानुषी छिल्लरले एउटा पत्रकार सम्मेलनमा सार्वजनिक ?पमै भनिन्, ‘भारतमा –(मिन्सुरेसन) महिनावारीका समयमा स्वास्थ्य सरसफाइ अझै पनि एउटा ठूलो समस्या हो ।’

सन् २०१७ कि विश्व सुन्दरी छिल्लर मिन्सुरेसन हाइजिनबारे जनचेतना फैलाउने एउटा परियोजना ‘शक्ति’मा पनि आबद्ध छिन् ।

भारतको नेसनल फेमिली हेल्थ सर्भे (२०१५÷१६) प्रतिवेदन अनुसार त्यहाँको ग्रामीण क्षेत्रमा ४८.५ प्रतिशत महिलाहरू महिनावारी भएका बेला स्यानिटरी न्यापकिन (प्याड) प्रयोग गर्छन् । सहरका बस्ने ७७.५ प्रतिशत महिला स्यानिटरी न्यापकिन प्रयोग गर्छन् । औसतमा भने जम्मा ५७.६ प्रतिशत भारतीय महिला मात्र महिनावारी भएका बेला स्यानिटरी न्यापकिन प्रयोग गर्ने तथ्यांक सर्भेले देखाएको छ । नेपालमा कति महिलाले स्यानिटरी न्यापकिन प्रयोग गर्छन् कुनै तथ्यांक अहिलेसम्म उपलब्ध छैन ।

स्यानिटरी न्यापकिनको प्रयोगसँगै स्वास्थ्य सुरक्षासम्बन्धी एउटा प्रश्न पनि चर्को रुपमा उठ्ने गरेको छ– महिलाहरूले संक्रमणबाट जोगिन महिनावारीका बेला प्रयोग गर्ने स्यानिटरी न्यापकिन कति सुरक्षित छन् ? यस्ता न्यापकिनबाट महिला स्वास्थ्यमा कस्तो असर पर्छ ?

भारतमा स्यानिटरी न्यापकिनका गुणस्तर मापदण्ड ?
महिनावारीका बेला महिलाहरूले प्रयोग गर्ने स्यानिटरी न्यापकिनसम्बन्धमा भारतले निश्चित मापदण्ड तोकेको छ ।
इन्डियन ब्युरो अफ स्ट्यान्डर्डस्ले सन् १९८० मा पहिलोपल्ट स्यानिटरी प्याडसम्बन्धी मापदण्ड बनाएको थियो । ती मापदण्ड बेला बेला परिवर्तन हुँदै आएका छन् ।
–    स्यानिटरी प्याड बनाउन एब्सोर्बेन्ट फिल्टर र कभरिङमा सबैभन्दा धेरै ध्यान दिनुपर्छ ।
–    फिल्टर सामाग्री सेल्युलोज पल्प, सेल्युलोज अस्तर, टिस्यु वा कटनको हुनुपर्छ । यसमा गाँठा, तेलका दाग, धुलो वा अन्य कुनै पनि मिसावट हुनु हुँदैन ।
–    कवरिङमा उत्तम गुणस्तरको कटन प्रयोग गरिएको हुनुपर्छ ।

दिल्ली विश्वविद्यालयको लेडी इर्विन कलेजमा कपडा र परिधान विभागकी असिस्टेन्ट प्रोफेसर भावना छनानाका स्यानिटरी प्याडको काम ब्लिडिङ रोक्नुमात्र होइन, स्वास्थ्यको कसौटीमा पनि उपयुक्त हुनुपर्छ । 

सामान्यतया महिलाहरूले स्यानिटरी प्याड खरिद गर्दा ब्रान्डमा विश्वास गर्छन्, यसो गर्नु ठीक होइन । स्यानिटरी प्याड किन्दा त्यसमा उल्लेख गरिएको पिएच लेभल हेर्नुपर्छ ।

के भन्छन् स्त्रीरोग विशेषज्ञहरू
सन् २००३ मा अहमदाबादस्थित कन्जुमर एजुकेसन एन्ड रिसर्च सेन्टरले एउटा परीक्षण गरेको थियो । सेन्टरले गरेको परीक्षणमा बजारमा बिक्री भइरहेका १९ वटा ब्रान्डका स्यानिटरी प्याडमा धुलो फेला परेको थियो र केहीमा त कमिलासमेत लागेका थिए।
भारतीय राजधानी दिल्लीस्थित एउटा निजी अस्पतालमा कार्यरत गाइनोकोलजिस्ट डाक्टर मधु गोयल बजारमा बिक्री हुने सबै स्यानिटरी प्याड पूर्ण?पमा सुरक्षित नहुने बताउँछिन् । अझ प्लास्टिक सिटको प्रयोग गरिएका स्यानिटरी प्याड कार्सिनोजेनिक (विषाक्त) हुन भएकाले त्यस्ता प्याड प्रयोग गर्नु अत्यन्त हानिकारक हुने उनी बताउँछिन् ।
गोयलका अनुसार यस्ता प्याड बायोडिग्रेडेबल नभएकाले वातावरणका लागि पनि ठीक हुँदैनन् । साथै यस्ता प्याड प्रयोग गर्दा लामो समय प्रयोग गर्न नहुने र समयमै नफेरे संक्रमण हुन्छ भन्छिन् उनी ।

डाक्टरको सुझाव
इन्डोक्राइनोलजिस्ट डाक्टर शिखा भारतका बजारमा उपलब्ध अधिकांश स्यानिटरी प्याड आउटर युज (बाहिरी प्रयोग) का लागि मात्र हुने बताइन् । यस्ता प्याडमा प्रयुक्त केमिकलको असर महिलाका भित्री अंगमा पर्दैन ।

तर महिनावारीका बेला महिलाले सफाइमा अत्यन्त ध्यान दिनु आवश्यक छ । नभए इन्फेक्सन (संक्रमण) हुने जोखिम हुन्छ । अत्यधिक इन्फेक्सन भए पछि गर्भधारण गर्न पनि कठिनाइ हुनसक्ने उनी बताउँछिन् ।

गाइनोकोलजिस्ट गोयल पनि यही सल्लाह दिन्छिन् । 
– महिनावारीका बेला धेरै ब्लिडिङ हुँदा टेलरमेड प्याड र ब्लिडिङ थोरै हुँदा कटन बेस्ड प्याड प्रयोग गर्नु उपयुक्त हुन्छ ।
– समयमा नै प्याड फेर्ने 
– हात धोएर सफा हातले मात्र प्याड फेर्ने
– प्रयोग गरिसकेको प्याडलाई कागज वा प्लास्टिकमा प्याक गरेर मात्र डस्टबिनमा हाल्ने । त्यस्तो प्याकमा रातो चिह्न लगाइदिए अझै बेस ।
डाक्टर गोयल महिनावारीका बेला महिलाहरूलाई मेस्ट्रुएसन कप प्रयोग गर्न सुझाव दिन्छिन् । तर यो सहज ?पमा सबैतिर उपलब्ध भइसकेको छैन । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live