समाचार

सुर्खेत : २ सय ७४ एचआइभी संक्रमित

स्वास्थ्य खबरपत्रिका

सुर्खेत– सुर्खेत जिल्लामा २ सय ७४ एचआइभी संक्रमितले एआरटीको औषधि सेवन गरिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यस वर्ष ३४ नयाँ संक्रमित थपिएका छन्।

२०६५ सालयता ५५ एचआइभी संक्रमितको मृत्यु भएको कार्यालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने, 'पश्चिम क्षेत्रमा बढी संक्रमित  पाइएको छ। यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेका मान्छे भेटिन्छन्।' 

एचआइभी असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा सर्छ। खासगरी यौन व्यवसायी तथा लागुऔषध लिने व्यक्ति बढी जोखिममा छन्। नियमित उपचार र औषधि सेवन गरेमा यसबाट बच्न सकिने श्रेष्ठले बताए। 

लामो समयदेखि एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको नवकीरण प्लसमा अहिलेसम्म ४ सय ११ संक्रमित सम्पर्कमा आएका छन्। संक्रमितमध्ये धेरैजसो महिला छन्। संस्थामा आएकामध्ये २ सय २१ महिला र १ सय ९० पुरुष रहेको नवकीरणकाका कार्यक्रम संयोजक देवेन्द्र शर्माले बताए। उनका अनुसार ३१ बालबालिका संक्रमित भेटिएका छन्। रासस 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live