घरमै डाक्टर

घरमै डाक्टर– नवजात शिशुको आँखा किन पाक्छ ? कसरी रोक्ने ?

स्वास्थ्य खबरपत्रिका

बच्चा जन्मेको २८ दिनभित्र आँखामा पहेंलो पिप जस्तो कचेरा देखिनु, आँखा  रातो हुनु तथा सुनिनु आदि लक्षणहरु देखिनुनै नवजात शिशुमा आँखा  पाक्ने रोग हो । 

के –के कारणले गर्दा हुन्छ ?

यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा 
असुरक्षित प्रसुति गराएमा 
प्रसुति क्रियाका क्रममा शिशुको आँखामा  चोठपटक लागेमा 
वजात शिशुमा अन्य कारणबाट संक्रमण  भएमा पनि आँखा पाक्ने रोगबाट संक्रमित हुन सक्छ । 

रोकथाम तथा उपचार के हो ?
नियमित गर्भअवस्थाको परीक्षण, सुरक्षित प्रसुति तथा मातृशिशु स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य शिक्षा, आँखामा एन्टिबायोटिक औषधीको प्रयोगले नवजात शिशुमा हुने आँखा पाक्ने रोगको राकथाम गर्न सकिन्छ । 
यदि कारणवस यस्तो समस्या देखिएमा यथाशिघ्र आँखा केन्द्र वा अस्पतालमा गइ जचाँइ सही उपचारले मात्र बालबालिकाको दृष्टि क्षमता बचाउन सकिन्छ । 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live