नर्सिङ

नर्सहरुले विरोध गरेपछि रोकियो मिस नर्स चितवन

स्वास्थ्य खबरपत्रिका

चितवन–  चितवनमा रहेका नर्सहरुबीच हुने सौन्दर्य प्रतियोगिता भइरहेको ‘मिस नर्स चितवन’ नहुने भएको छ । यसपल्ट उक्त प्रतियोगितालाई  ‘मिस पिस चितवन’ बनाउने सहमति भएको छ। 
आगामी दिनमा नर्स जोडेर  यस्ता प्रतियोगिता नगर्ने सहमति आयोजकले गरेको नेपाल नर्सिङ एशोसियसनका चितवन प्रतिनीधि रमेश सुब्बाले बताए । नर्सिङ जस्तो सेवामूलक पेशामा रहेकाको सौन्दर्य मापन गर्न खोजिएको भन्दै नर्सहरुले विरोध जनाएपछि यो रोकिएको हो ।

नर्सहरुको छाता संगठन नेपाल नर्सिङ एशोसियसनकी उपाध्यक्ष अप्सरा पाण्डेले यस्ता प्रतियोगिता कसैलाई पनि गर्न नदिने बताइन् । । नर्सिङ पेशाको अपमान रहेको बताउँदै यो रोक्न नर्सिङ संघ पहिलेदेखि नै लागिपरेका बताउँदै भनिन्, ‘ग्ल्यामर प्रदर्शन, क्याटवाक, मोडलिङ नर्सिङ पेशाको मर्म विरुद्ध छन् । नर्सको गुणस्तर यस्ता कुराले मापन गर्न मिल्दैन।’

काठमाडौंमा आयोजना हुने गरेको मिस नर्स अघिल्लो वर्षबाट बन्द भएको छ । नर्सिङ एशोसियसनले यसको चर्को विरोध गरेपछि आयोजक संस्थाले मिस नर्स रोकेको थियो ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live