मुख्य समाचार

एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक, यी तीन जना भए टप

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– चिकित्सा शास्त्र अध्ययनस संस्थान (आइओएम)ले पुनः लिएको एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । गएराति ३ बजे नतिजा सार्वजनिक गरिएको हो। 

७ हजार ३ सय ५८ जनाले परीक्षा दिएकोमा ३ हजार ३ सय ३० जना उत्तिर्ण भएका छन् ।  विदेशी कोटामा भने २सय १ ले जाँच दिएपनि ३३ जना मात्रै उत्तिर्ण भएका छन् । 
पास प्रतिशत अघिल्ला वर्षहरु भन्दा घटेको आइओएमका सहायक डिन डा राजेन्द्र गुरागाइँले बताए । उनका अनुसार विद्यार्थीले ल्याउने अंक पनि घटेको छ । उनले भने, ‘अघिल्ला वर्षहरुमा विद्यार्थीहरुले ९०  भन्दा बढी ल्याउँथे । यस वर्ष ८८ भन्दा कम अंक मात्रै ल्याएका छन् ।  मोरङका प्रज्वल लुइँटेल, भक्तपुरका निरञ्जन अधिकारी र रुपन्देहीका देभांस उपाध्यायले समान ८८ नम्बर ल्याएर टप गरेका छन्। 

समग्रमा जाँच दिने मध्ये ४६ प्रतिशत पास भएका छन् । अघिल्ला परीक्षाहरु भन्दा यो परीक्षामा कडाइ भएको थियो । 

पूर्ण नतिजाका लागि यहाँ क्लिक गर्नुहास्: 

https://drive.google.com/file/d/0Bx1hgj3yFXkuUmFLVEJrQU5DX0lXSG1rXzdDNHM5dFJaT0ZR/view

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live