घरमै डाक्टर

घरमै डाक्टर– मलाई बाथरुम जानेवित्तिकै पिसाब लाग्दैन किन होला ?

स्वास्थ्य खबरपत्रिका

मलाई कहिलेकाहिँ वाथरुम जानेवित्तिकै पिसाब लाग्दैन । कहिले छिनछिनमा पिसाव लाग्छ किन होला ?


प्रोष्टेट ग्रन्थिको तौल औसतमा १० देखि २५ ग्रामसम्म हुन्छ । ५० वर्ष नाघेका पुरुषमा प्राय प्रोष्टेट ग्रन्थि बढ्ने क्रममा हुन्छ । ग्रन्थि वृद्धि हुने सिलसिलामा पिसाबनलीको प्वाल साँगुरो पारेर पिसाबमा समस्या पैदा गर्छ ।

प्रोष्टेटमा समस्या भएपछि सुरुसुरुमा पिसाब फेरिसकेपछि अन्तमा केही थोपा खस्ने हुन्छ । समय बित्दै गर्दा पुरा पिसाब नहुने, जाना साथ पिसाब नखुल्ने, केही बेर पर्खनु पर्ने वा कुर्नु पर्ने, पिसाबको धारा लुलो वा मसिनो हुने, राती पटक पटक पिसाब लाग्ने, पिसाब पोल्ने, छिटोछिटो पिसाब  फेरि राख्नु पर्ने, मूत्र थैलीमा पत्थरी जम्ने, राती सुतेको बेला थाहै नपाइ पिसाब चुइने जस्ता लक्षण देखिन्छन् ।

त्यसको अलावा ग्रान्थिको बीचको भाग वृद्धि भएर मूत्र थैलीको घाँटीमा बिर्को (भल्भ) जस्तो भएर रहेको खण्डमा पनि पिसाबमा समस्या देखिन्छ ।

प्रोष्टेटमा समस्या देखिएका बिरामीहरुले अप्रेशन गर्ने कि नगर्ने भनी दोधारमा परेको पाइन्छ ।

कस्ता बिरामीले शल्यक्रिया गराउने ?
पिसाब पुरै रुकेमा ।
पिसाब थोरै हुने तर थुप्रै थैलीमा बाँकी रहेर मृगौलाको कार्य क्षमता बिगार्ने अवस्था भए ।
मूत्र थैलीको लचकता नष्ट भएर तन्किएको अवस्थामा ।
मूत्र थैलीको पत्थरी भएमा ।
मूत्र रक्तस्राव भएमा ।
पटकपटक पिसाबको संक्रमण भइरहे ।
औषधीबाट पिसाब नखुलेमा  

शल्यक्रियापछि के अपेक्षा गर्न सकिन्छ ?

मूत्र सन्चालन व्यवस्थित हुन्छ ।
मूत्र थैलीमा धेरै पिसाब बाँकी रहन्न ।
मृगौला बिग्रन दिदैन ।
पिसाब संक्रमण नियन्त्रण गर्दछ ।
पिसाबमा रगत देखिन रोकिन्छ ।

निचोडः

प्रोष्टेट ग्रन्थि पुरुषको महत्वपुर्ण अङ्गहो तर यसले ४० वर्षको उमेर पछि बढेर वा सुकेर मूत्र सन्चालनमा व्यवधान गर्न सक्छ । सुरुमा औषध उपचारबाट धेरै बिरामी सन्तोष जनक उपलब्धि हाँसिल गर्न सक्छन् । तर यो उपचार विधि सन्तोषप्रद हुन छोडेपछि र खास गरेर पिसाब पुरै रुके, रक्तस्राव भए, पिसाब संक्रमण देखा परे, पिसाबथैलीमा पत्थरी जमे वा मूत्र प्रणाली फुलेर मृगौला फेल भए शल्यक्रिया एकमात्र उत्तम विकल्प हुन्छ । यो विधि समयमै उपनाउँदा पिसाब सन्चालन व्यवस्थित हुनुको साथै मृगौलाको कार्य क्षमतालाई ह्रास हुन दिदैन । तर यो उपचारले बिरामीलाई प्रोष्टेट क्यान्सर उन्मुक्त पर्दैन ।        

प्रा डा अर्जुन देव भट्ट
वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live