समाचार

स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सुत्केरीलाई काठमाडौं पुर्या‍उनु परेको भन्दै क्षतिपूर्ति माग

स्वास्थ्य खबरपत्रिका

धादिङ – धादिङ थाक्रे गाउँपालिकामा रहेको महादेव वेशी स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सुत्केरी गराउन काठमाडौं पुर्या‍उनु परेको भन्दै क्षतिपूर्ति माग गरिएको छ । थाक्रे गाउँपालिकामा उजुरी गर्दै थाक्रे २ धादिङका बासु कार्कीले क्षतिपूर्ति मागेका हुन् ।

उनले आफ्नी बुहारी लक्ष्मी कार्कीले मंसिर १८ गते बिहान ६ बजे उक्त स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा प्रसूतिका लागि लगेका थिए । तर, दिउसो ११ बजेसम्म पनि कुनै कर्मचारी नआएपछि एम्बुलेन्समा राखेर काठमाडौंको एक अस्पतालमा प्रसूति गराए । 

नजिकै रहेको २४ घन्टै वर्थिङ सेन्टरमा प्रसूति गर्न कर्मचारी नआएका कारण आफूले ठूलो खर्च बेहोर्नु परेको उनले जनाएका छन् । 

स्वास्थ्य चौकीमा ६ जना कर्मचारी छन् । काठमाडौंबाट ३० देखि ३५ किलोमिटरको दूरीमा रहेको उक्त स्वास्थ्यचौकीका अधिकांस कर्मचारी काठमाडौंतिर बस्ने स्थानीय बताउँछन्।

उनी भन्छन्, ‘राम्रो स्वास्थ्य भवन छ । आधुनिक उपकरणहरु पनि छन् तर सेवाग्राहीले सेवा पाइरहेका छैनन् । त्यसैले कर्मचारीले कारबाही गरी क्षतिपूर्ति  दिलाउनुपर्छ ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live