नर्सिङ

नर्सलाई हेर्ने दृष्टिकोणमा सुधार कहिले ?

img

अर्चना बगाले, नर्स

हामी २१ औ शताब्दीमा आईपुग्यौं । अरु देश विकासको उच्च विन्दुमा पुगिसके । भौतिक अनि मानिसक दुवै रुपमा पनि उनीहरु अघि बढिसकेका छन् । हामी कमजोर छौं हामी अविकसित छौं । भौतिक रुपमा अनि बौद्धिक रुपमा पनि । पढेर मात्रै मान्छे ठूलो हुँदैन आफू बाहेक अरुको पढाई क्षमतालाई पनि कदर गर्न सक्ने एउटा असल मान्छेको गुण हो ।


फ्लोरेन्स नाईटिङ्गेलको कालबाट आधुनिक नर्सिङको शुरुवात भएको मानिन्छ । नर्सहरु यस्ता हुन्छन्, यस्तो हुनुपर्छ भनेर तल्लो स्तरको कुरा त्यो बेलामा पनि सायदै थिएन होला । अहिलेको यो समयमा आइपुग्दा अनि यति माथिल्लो स्तरमा राम्रा पढडेका नर्सिङ जनशक्ति हँुदाहुँदै पनि हाम्रा बुद्धिजिवीको हामीलाई हेर्ने दृष्टिकोणमा सुधार हुने कहिले ?


सबैभन्दा पहिले नर्स भनेको केटी नै हुनुपर्छ भन्ने छैन । महिला नर्स नेपालमा मात्रै हुन्छन् । प्रायः सबै देशमा महिला अनि पुरुष नर्स हुन्छन् । दोस्रो मान्छे आफैमा प्रकृतिको सुन्दर उपहार हो । सम्पूर्ण मान्छे राम्रा र सुन्दर नै हुन्छन् । हेर्ने नजरमा सुधार ल्याउन जरुरी छ ।


नर्सले के गर्छन् ?.....सिनियरको अर्डर मान्छन् रे .....भनिन्छ ।

सिनियरको अर्डर नर्सले मात्रै हैन डाक्टरले पनि मान्नै पर्छ । सम्पूर्ण पेशामा आफूभन्दा बरिष्टको अर्डर मान्नुपर्ने हुन्छ । यसको शुरुवात त जन्मदेखि नै हुन्छ । घरमा पनि हामी आफूभन्दा ठूलाको अर्डर मान्छौं । यो हाम्रो संस्कार हो ।


अर्को कुरा नर्सको काम सुई लगाउने अर्डर मान्ने हो रे ? के हाम्रो काम सलाईन चढाउने अनि सुई मात्रै लगाउने हो र ? त्यसो भए डाक्टरले भुलवश कुनै गलत औषधी सिफारिस गरेको रहेछ र त्यसक्रममा नर्सले आफ्नो विवेकको प्रयोग नगरे बिरामीको ज्यानै जान सक्छ । जति प्रतिशत ल्याएर पास भए पनि औचित्य छैन । नर्स भनेको केवल  अर्डर मान्ने हुने भन्ने अत्यन्त तल्लो स्तरको सोचलाई हामी सबैले परिवर्तन गर्न जरुरी छ ।


अझै कतिपय अवस्थामा त अनुभवी नर्सले डाक्टरलाई सिकाउनुपर्ने अवस्था समेत भएको छ । हामीले अरुलाई गलत ढंगले हेछौं भने आफूलार्इं लज्जा हुनुपर्ने हो, त्यो देखिएन ।


नर्स भनेको सुन्दर नै हुनुपर्छ भन्ने लेखमा आाएका अत्यन्त पिडा दिने शब्दाबली नर्सलाई सो पिस देखाउने खालका छन् । हामीले पढेको हासिल गरेको दक्षतालापई खिल्लि उडाउने प्रकृतिका छन् । अनि यस्ता भावना र विचारलाई सामाजिक सञ्जालमा राख्ने जो सुकैले सार्वजनिक रुपमा जसरी लेख लेख्नुभएको छ त्यसरी नै सम्पूर्ण नर्स दिदी बहिनीलाई माफी माग्नुपर्ने जस्तो लाग्छ । हुन त आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता हरेकलाई हुन्छ तर कसैको मानमर्दन गर्ने अधिकार पनि त उहाँलाई छैन नि ।


सुन्दर नर्सलाई अस्पतालमा राख्नुपर्छ भन्नेले मान्छे सुन्दर नै हुन्छन् भन्ने कुरा किन नबुझेको होला ? बाहिरी सुन्दरताले मात्रै कसैको जीवन मरणसँग सरोकार राख्ने अस्पतालमा केही काम गर्दैन । काम गर्न ज्ञान दक्षता र क्षमता अनि राम्रो एट्टिट्युड हुनुपर्छ । यदि पढाई ठुलो कुरा होइन भने किन नर्सिङमा माथिल्लो स्तरसम्म पढ्नु प¥यो ? किन नर्स बन्नलाई पढ्नै पर्यो त ? नपढेकालाई नै अस्पतालमा राखे भइहाल्यो नी ।


हामी आफ्नो कर्ममा राम्रो तरिकाले लागि परौं । कसैले लगाएको लाञ्छना अनि सारविहीन तर्कको पछि नलागौं । हामी नर्स पेशालाई सम्मान गर्छौं । हामीले अन्य पेशालाई नराम्रो भन्दैनौं । आफू भलो त जगत भलो भन्छौं । हामीलाई हेर्ने हरेक खराव दृष्टिकोणयुक्त व्यक्तिहरुको व्यवहारमा सुधार आओस् । जय नर्सिङ ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live