साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. जेनिशा उपाध्याय

स्वास्थ्य खबरपत्रिका

ब्रेन एण्ड व्युटी : डा. जेनिशा उपाध्याय इन्सिच्युट अफ मेडिसिन (आईओएम)की यस वर्षकी टपर हुन् । उसो त पढ्न थालेदेखि नै उनी कहिल्यै दोस्रो भएकी छैनन् । बिराटनगरको बाल कल्याण विद्या मन्दिरबाट एसएलसी गरेकी उनलेसेन्ट जेभियर्सबाट प्लस टु गरेकी हुन् । जान्ने भएदेखि नै डाक्टर बन्ने सपना रहेको उनी बताउँछिन् । घोटिनेभन्दा पनि पढेको समय एकाग्र हुने उनको बानी छ । अहिले इन्टर्नसिप गरिरहेकी उनले विशेषज्ञताका बारेमा सोचिसकेकी छैनन् । तर गाइनोक्लोजी र इन्टरनल मेडिसिनमा रुची छ ।


संगीतप्रति उनको आकर्षण छ । संगीत सुन्न मात्रै होइन, गीत गाउन पनि उत्तिकै रुचाउँछिन् । कलेजका कार्यक्रममा उनले गीत गाएर सहभागीता जनाइरहेकी हुन्छिन् । भविष्यमा गीत रेकर्ड गराउने योजना पनि छ उनको ।

 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने