समाचार

‘अप्डेट्स इन एनेस्थेसियाः करेन्ट’ सम्पन्न


काठमाडौं - शल्यक्रियाका क्रममा बेहोस बनाउने (एनेस्थेसिया)को क्षेत्रमा भएका नयाँ विकासक्रमका बारेमा अद्यावधिक गराउने उद्धेश्यले बृहत छलफल कार्यक्रम भएको छ ।

त्रिवि शिक्षण अस्पताल एनेस्थेसिया विभागले ‘अप्डेट्स इन एनेस्थेसिया : करेन्ट २०१७’ नाममा छलफल कार्यक्रम गरको हो । कार्यक्रममा एनेस्थेसिया, दुखाई निवारण, कलेजो प्रत्यारोपण, सघन उपचार प्रणाली लगायत शल्यक्रियाका क्रममा र त्यसपश्चात गरिने बिरामीको व्यस्थापन र बाल एनेस्थेसियाका विषयमा विशेष छलफल भएको छ ।

टिचिङ अस्पतालको एनेस्थेसिया विभागका प्रमुख डा अनिल श्रेष्ठका अनुसार एनेस्थेसिया सेवालाई चुस्त बनाउन तथा देशभर क्लिनिकल एनेस्थेसिया अभ्यास गर्ने ज्ञानमा बढोत्तरी गर्ने कार्यक्रम गरिएको हो ।

विभागले गत वर्षदेखि यस्तो कार्यक्रम सुरु गरेको हो । शनिवार भएको उक्त कार्यक्रममा करिब एक सय जनाको सहभागिता थियो । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने