मुख्य समाचार

आउँदो वर्ष कुपोषणकै कारण ४ लाख बालबालिकाको मृत्यु हुने युनिसेफको चेतावनी

None

काठमाडौं-

संयुक्त राष्ट्रसंघ- राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आउँदो वर्ष सन् २०१८ मा मात्रै कङ्गोमा ४ लाख बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। 

कुपोषणको अवस्था अहिलेकै जस्तै रहे मृत्यु हुनेको संख्या भयावह हुन सक्ने युनिसेफले बुधबार चेतावनी दिएको हो। 

युनिसेफले आयोजना गरेको पत्रकार सम्मेलनमा सबैभन्दा धेरै कसाई क्षेत्रमा मृत्यु भएको पाइएको जानकारी दिइएको छ। 

विभिन्न खालका हिंसा, आम विस्थापन र न्यून गुणस्तरको कृषि उत्पादनका कारण गत १८ महिनाको अवधिमा ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको छ। ती ठाँउहरूमा सुरक्षाको अवस्था पनि कमजोर भएको, विस्थापित भएकाहरू आफ्नो गाँउघरतर्फ फर्किन लागेको र मानवअधिकारको अवस्था नाजुक रहेको अधिकारीहरूले बताएका छन्। 

ठूलो क्षेत्रमा धेरै जनामा खाद्य असुरक्षा देखिएको र आउँदो सन् २०१८ को जुनसम्ममा सुधार हुने अवस्था पनि देखिएको छैन। 

स्वास्थ्य सेवा खस्किँदै गएको, सबैलाई उपचार सेवा पुर्‍याउन गाह्रो भइरहेको र कुपोषण भएका बालबालिकालाई पर्याप्त हेरचाह हुन नपाएकाले मृत्यु हुनेको संख्या बढ्ने देखिएको युनिसेफको ठम्याइ छ।रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने