मुख्य समाचार

कर्मचारीकाे आन्दोलनले किष्ट मेडिकल कलेज अस्तव्यस्त, सारियो नियमित परीक्षा


काठमाडौं– कर्मचारीको आन्दोलनका कारण किस्ट मेडिकल कलेज, ललितपुर केही दिनदेखि अस्तव्यस्त बनेको छ । सेवासुविधा वृद्धिको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि उक्त मेडिकल कलेजको उपचार सेवा प्रभावित हुनुका साथै पठनपाठनमा समेत अवरोध आएको छ।

आन्दोलनकै कारण एमबीबीएस तेस्रो वर्षको फेज ५ को नियमित तथा पुनः प्रयोगात्मक परीक्षा समेत स्थगित भएको छ  । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले विशेष कारण भन्दै  तत्कालका लागि परीक्षा स्थगित भएको सूचना जारी गरेको हो। 

पठनपाठन र अस्पताल सेवा प्रभावित बनेपछि अस्पताल प्रशासनले डाक्टरलाई पनि केही दिन अस्पताल नआउन निर्देशन दिएको बुझिएको छ । केही महिनाअघिदेखि नै सेवा सुविधा बढाउन मेडिकल कलेज अन्तर्गतको कर्मचारी युनियनले माग गरेको थियो तर उक्त माग अनुसार अस्पताल प्रशासन सेवा सुविधा बढाउन तयार नभएपछि एक हप्ताअघिबाट कर्मचारीले आन्दोलन चर्काएका हुन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने