जीवनशैली

जीवन दौड नभइ यात्रा रहेको भन्दै नयाँ वर्षमा स्वास्थ्य संकल्प गर्न मनिषाको आग्रह

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले अँग्रेजी नयाँ वर्षमा स्वस्थ रहने योजना बनाउन आग्रह गरेकी छिन् । नयाँ वर्षको संकल्प नै स्वस्थ जीवनशैली बनाउन उनले सुझाएकी छिन् ।

जीवन दौड नभएर यात्रा भएको भन्दै स्वास्थ्यमा सचेत रहन उनले अपिल गरेकी हुन् । पाठेघर क्यान्सरलाई जितेकी अभिनेत्री कोइराला पछिल्लो समय स्वास्थ्य सचेतनामा आफूलाई समर्पित गरिरहेकी छिन् । 

स्वास्थ्यका विभिन्न कार्यक्रममा पुगेर अनुभव सुनाउने तथा सुझाव दिने गर्नुका साथै सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा पस्किरहेकी हुन्छिन् । 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live