जीवनशैली

डाक्टरले गाए लोक पप गीत, बन्यो यस्तो भिडियो

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– डा बिमल मगरको स्वर, शब्द र संगीत रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक पप शैलीको गीतको शब्द लोक गीत र संगीत वेस्टर्न रहेको छ । गीतमा नेपालका परम्परागत बाजा धिमे, भुसिया, झ्याम्टा, मादल, सारंगी र नरसिंह पनि प्रयोग गरिएको छ।

गीतको म्युजिक भिडियो पनि नयाँ शैलीको बनाइएको छ । कुनै शताब्दीका आदिवासी राजाको प्रेम कहानीलाई म्युजिक भिडियोमा देखाइएको छ । जसको पहिरन र दृष्यमा पनि सोही समयलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। 

म्युजिक भिडियोमा निर्मल मगर सँगै चर्चित गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ र चर्चित नृत्य निर्देशक गोविन्द राई र निशान लिम्बूले अभिनय गरेका छन्। 
वेलायत निवासी  मगर पेशाले दाँतका डाक्टर हुन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live