अन्तर्वार्ता

'नेपाललाई स्वास्थ्य अनुसन्धानका नाममा प्रयोगभूमि बन्न दिन्नँ'

None

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा अञ्जनीकुमार झाले नेपाललाई अनुसन्धानका नाममा गलत अभ्यास र प्रयोगभूमि बन्न नदिने बताएका छन्। स्वास्थ्यखबरको नियमित कार्यक्रम ‘स्वास्थ्य संवाद’मा उनले नेपालमा अनुसन्धान गर्ने विदेशिले अनिवार्य रुपमा नेपालीलाई प्रमुख अनुसन्धानकर्ताका रुपमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको जानकारी दिए ।

‘अबदेखि नेपालमा कुनै विदेशिले अनुसन्धान गर्नुपर्यो भने त्यो अनुसन्धानमा नेपाली व्यक्ति पनि प्रमुख व्यक्ति हुनैपर्छ,’ उनले भने, ‘त्यसपछि उनीहरुले हाम्रो प्रोटोकल र गाइडलाइन अनुसार इथिकल स्विकृत लिएपछि मात्र अनुसन्धान गर्नपर्छ ।’ उनले परिषद्बाट स्विकृती नलिई गरिएका अनुसन्धानको कुनै मान्यता नै नहुने बताए।

‘नेपाललाई गिनिपिग बनाउन पाइँदैन र त्यो हुन पनि दिँदैनौँ,’ उनले भने, ‘अनुसन्धान गर्ने काम भनेको विज्ञहरुले गर्ने काम हो त्यसकारण अनुसन्धानका नाममा गलत अभ्यास हुन हामी दिँदैनौं।’ 

उनले अनुसन्धान केन्द्रका नाम लेखेका अस्पतालहरुले पनि अनिवार्य रुपमा वर्षको दुईवटा अनुसन्धान गर्नुपर्ने बताए। ‘अनुसन्धान गर्छु भनेर नाम लेखेकाले प्रोटोकल अनुसार अनिवार्य अनुसन्धान गर्नैपर्छ,’ उनले भने, ‘यस्ता अनुसन्धान सेन्टर कति छन् र तिनिहरुले के काम गरिरहेका छन् भन्ने पनि हामीले अनुसन्धान गरिरहेका छौं।’

स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँगका स्वास्थ्य संवादमा डा झाले परिषद्ले अहिले गरिरहेका नयाँ अनुसन्धान, संघीय संरचनामा परिषद्को संरचना, समस्या तथा भावि योजनाका विषयमा पनि कुराकानी गरेका छन्।

हेर्नोस् भिडियो

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने