विश्व स्वास्थ्य

दुई याैना‌ंग भएकी महिलाको कठिन जीवन


एजेन्सी– निकी दुई यौनांगसहित जन्मेकी थिइन् । दुई यौनांग भएकाले उनले जीवनको लामो समय अत्यन्त पीडा भोग्नु पर्यो‍ ।

दुई वटा यौनांग भएकाले उनको अनेकौंपल्ट गर्भपात गराउनु पर्‍यो । त्यसपछि उनले शल्यक्रिया गरी गर्भाशय नै फालेकी छन् । निकीले १७ वर्षकी भएपछि मात्र आफ्ना दुई यौनांग भएको थाहा पाइन्।
दुई  जननांग भएकाले उनको महिनावारी समेत असामान्य हुन्थ्यो, अर्थात निकै लामो हुन्थ्यो । साथसाथै असहनीय पीडा पनि हुन्थ्यो।

‘दुई वटा जननांगसम्बन्धी मेरा अनौठा अनुभव छन्’, उनले भनिन्, ‘डाक्टरहरूसँग परामर्श लिएँ र मैले कसो गर्नु ठीक होला भनेर सोधें।’

विशेषज्ञहरू निकीको जस्तो समस्या वंशाणुगत विसंगतिका कारण हुने बताउँछन् । अमेरिकाको मायो क्लिनिकका अनुसार गर्भाशयमा कुनै पोथी भ्रुण दुई साना ट्युब जोडिएपछि बन्छ । र, कतिपय मामिलामा भ्रुण बन्ने यो प्रक्रिया अधुरै रहन्छ। 

जोडिनुपर्ने दुई ट्युब पूर्ण रूपमा नजोडिँदा दुवै ट्युबको बेग्ला बेग्लै संरचना विकास हुन्छ। कैयौंपल्ट विकसित भैरहेको गर्भमा एउटा पातलो टिस्यु जननांगमा विभाजित हुन्छ । फलस्वरूप दुई वटा जननांग निर्माण हुनजान्छ । यस्तो स्थितिमा गर्भाशय पनि दुई वटा हुनसक्छ । 

‘म महिनावारी भएका बेला केही पनि गर्न सक्दिनथें । मेरो महिनावारी ७ देखि २८ दिनसम्म पनि हुन्थ्यो’, उनले भनिन्, ‘एकपल्ट त ६ महिनासम्म रगत बगिरह्यो । अनेकपल्ट मैले दुईवटा प्यान्ट लगाउनु पथ्र्यो, किनभने स्यानिटरी न्यापकिनले पनि धान्दैनथ्यो।’

करिब २० वर्षअघि उनको भेट एन्डीसँग भयो । दुवैले सन् २०१४ मा बिहे गरे । बिहेपछि उनीहरूले सन्तानको चाहना गरे।

‘मैले तीनपल्ट गर्भपात गर्नु प¥यो । मैल गर्भधारण गर्न खोजेका बेला नै गर्भपात हुन्थ्यो’, उनले भनिन्, ‘मैले विचार गरें, किन यस्तो भयो ? मेरो समय नै खराब थियो । यति धेरै पीडा झेल्दा शरीरमा धेरै तागत÷ऊर्जा बाँकी रहन्न।’

मायो क्लिनिकका अनुसार दुई गर्भाशय हुनुको अर्थ आमा बन्न नपाउनु हो । यस्तोमा गर्भधारण गरेपछि पनि गर्भपात हुने सम्भावना रहन्छ । त्यसमाथि मिर्गौलाको समस्या पनि आउन सक्छ।

यिनै कारणले निकीले शल्यक्रिया गरी दुवै गर्भाशय फ्याँक्ने निर्णय गरिन् । यसको अर्थ अब उनी कहिल्यै पनि आमा बन्न सक्ने छैनन् । तर उनी दुवै गर्भाशय हटाएपछि सामान्य जीवन बिताइरहेको बताउँछिन्।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने