समाचार

हेटौँडा : मिर्गौला रोगीको डायलाइसिस सेवा सञ्चालन


हेटौँडा- हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङस्थित चुरेहिल अस्पतालमा दुवै मिर्गौला काम नगर्ने बिरामीका लागि आज बिहानदेखि डायलाइसिस सेवा शुरु गरिएको छ। 

आरोग्य फाउण्डेसन प्रतिष्ठान ललितपुर र रोटरी क्लब मकवानपुरको सहकार्यमा चुरेहिल अस्पताल हेटौँडामा तीन वटा डायलाइसिस मेसिन स्थापना गरी सो सेवा सञ्चालनमा ल्याइएको हो। 

पाँच जना मिर्गौला बिरामीलाई आज डायलाइसिस सुविधा उपलब्ध गराईएको चुरेहिल अस्पतालका प्रशासन प्रमुख रविरमण अधिकारीले जनाकारी दिए। 

डायलाइसिस सेवा हेटौँडामा पहिलेपटक सञ्चालनमा ल्याइएको हो । काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनमा गरी कुल १५५ जना मिर्गौला रोगीका बिरामीले नियमित डायलाइसिस सेवा लिँदै आएको जिल्ला जनस्वास्थ कार्यालय मकवनपुरका प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलले बताए। 

चितवन, काठमाडौँ र भक्तपुरका गरी २५ जना मिर्गौला रोगीका बिरामीले डायलाइसिस सेवाका लागि चुरेहिल अस्पतालमा नाम दार्ता गराएको चुरेहिल अस्पतालका प्रशासन प्रमुख अधिकारीले बताए। 

चुरेहिल अस्पतालले मिर्गौला रोगी बिरामीको चापलाई केन्द्रित गरी आगामी तीन महिनाभित्र सात वटा नयाँ डायलाइसिस मेसिन जडान गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने