समाचार

खोटाङमा स्वास्थ्य बिमा सदस्यता दर्ता सुरु


खोटाङ- खोटाङमा स्वास्थ्य बिमा सदस्यता दर्ता सोमबारदेखि सुरु गरिएको छ । बिमितको स्वास्थ्य बिमाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले बिमितको नाम दर्ता एवं परिचयपत्र वितरण सुरु गरेको हो।

आगामी फागुन १ गतेदेखि स्वास्थ्य बिमाको सर्तअनुसारका सेवा-सुविधा लिन पाउने गरी बिमितको नाम दर्ता एवं परिचयपत्र वितरण सुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए। पाँच जनासम्मको परिवारले वार्षिक रुपमा २५ सयको स्वास्थ्य बिमा गरेपछि बिरामी परेका समयमा वार्षिक ५० हजारको स्वास्थ्य उपचार पाउने सुनेपछि स्थानीय स्वास्थ्य बिमाप्रति हौसिएका छन्।

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले स्वास्थ्य बिमा गर्न थप प्रतिव्यक्ति ४ सय ५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी पाउने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ। दस स्थानीय तह रहेको जिल्लाका सबै तहमा एकैसाथ कार्यक्रम सुरु गरिएको जनाइएको छ। (रासस)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने