मुख्य समाचार

यसरी प्रकाउ गरियो डा गोविन्द केसीलाई (तस्विरहरु)


काठमाडौं– अदालतको अपहेलना मुद्दामा डा।गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी महानगरीइ प्रहरी परिसर टेकु पु¥याएको छ। एसपी रामदत्त जोशीको टोलीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीले पक्राउ पूर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेर डा।केसी सजिलै प्रहरी कार्यालय जान तयार भए। पक्राउ गर्ने क्रममा उनले भने,‘अदालतको फैसलालाई मान्दिन, तर तपाईहरुको (प्रहरी)को कानुनी प्रक्रियालाई सम्मान गर्छु ।’ 

उनलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर प्रहरी कार्यालय लगिएको हो।

डा केसीलाई पक्राउ गर्न काठमाडौं परिसरका एसपी  जोशीको कमाण्डमा ठुलो संख्यामा प्रहरी शिक्षण अस्पताल पुगेको थियो। आईओएमको डिन नियुक्तिसम्बन्धि मुद्दामा डा।केसीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। 

डा केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी छ। केसीले हिरासतमै अनसन बस्ने बताएका छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने