मुख्य समाचार

सर्वोच्च अदातलको १४ नम्बर सवालमा डा केसीको यस्तो कडा जवाफ

None

काठमाडौं-

काठमाडौं– अदालतको मानहानी मुद्दा लागेका डा गोविन्द केसीको वयान लिइएको छ । लिखित रुपमा लिइएको बयानमा उनलाई १४ प्रश्न सोधिएका छन् । ती प्रश्नमध्य १४ नम्बरमा उनलाई सोधिएको छ, ‘यस सवालमा १ देखि १४ पढीवाची सुनाइन्छ कि यस विषयमा तपाईंको अरु केही भन्नु छ कि ?’

जसको जवाफ उनले यस्तो दिएः

मेडिकल कलेज सम्बन्धि सुधारका लागि मैले गित डेढ दशकदेखि गर्दै आएको प्रयास हो । स्वास्थ्य, चिकित्सा क्षेत्रको सुधारको लागि आन्दोलन जारी राखेको छु । स्वास्थ्य  र चिकित्सामा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाहरुले प्रसय पाएको र सुधारको साटो विकृति आउनेदेखि मैले प्रेस विज्ञप्ति समेत निकाली अनशन बस्नु परेको हो । 

हाल म यो वयानको क्रममा समेत अनसनमा छु । मलाई सुधारको प्रयास गर्दागर्दै यसरी एक्कासी प्रहरीको सहयोग लिइ अदालत समक्ष वयानका लागि ल्याइएको छ । यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रसय पाउने, गुणस्तरहिन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति विसंगती आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलबाड भइरहेकाले त्यस्तो आदेश गर्ने न्यायधीश विरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाई गलत निर्णय दिने न्यायधीश विरुद्ध हो, न्यायलय विरुद्ध होइन ।

गरिमामय पदमा रहेका प्रधानन्यायधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिन सक्ने, न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निश्पक्ष ढंगले सञ्चालन गर्नुपर्ने, आदर्शवादी, अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकता सम्बन्धि विवाद, उमेर सम्बन्धि विवाद, शैक्षिक सम्बन्धि विवाद, राजस्व छली, आयल निगमदेखि, एनसेल, भू–माफिया र नातावाद सम्बन्धि लगायतका क्रियाक्लापबाट न्यायपालिकाको आस्था गरिमा र स्वधिनतालाई चुनौती दिएका कारणले निजबाटै अदालतको अपहेलना भएकाले निज उपर अदालतको अवहेलनामा कारवाही हुनुपर्ने हो । म उपर लगाएको आरोप झुट्ठा हो । 

मैले अदालतको अवहेलना गरेको छैन । निज सम्माननिय न्यायधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याएर कारवाही गरे न्यायलयको गरिमा वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र हुन्छ । 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने