समाचार

प्रोस्थोडोन्टिक सोसाइटीको सम्मेलन धुलिखेलमा सुरु

None

काठमाडौं-

काठमाडौं – नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौं सम्मेलन तथा प्रर्दशनि धुलिखेलमा सुरू भएको छ।

धुलिखेल अस्पताल परिसरमा सुरू भएको सम्मेलनमा कृत्रिम दाँत आँखा, कान, नाक बनाउने र त्यसको उपचारबारे छलफल हुनेछ ।

काठमाडौं विश्वविद्यालयका डिन प्राडा राजेन्द्र कोजुले सम्मेलन तथा प्रदर्शनी उद्घाटन गरेका छन्।  शनिवारसम्म चल्ने कार्यक्रममा नेपाल र विदेशी चिकित्सकहरूले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन्।

डिन डा कोजुले सम्मेलनमा सिकाई आदानप्रदान सधैं प्रेरणादायी हुने भन्दै विश्वम पछिल्लो समय अएका प्रविधि र सीपबारे छलफल भइरहनुपर्ने बताए।

उनले अझैपनि नेपालमा दन्त स्वास्थ्यलाई  सरकारले प्राथमिकतामा राख्न नसके गुनासो गरे ।

उनले भने, 'नेपालमा दन्त स्वास्थ्यको राम्रो विकास भइसकेको छ तर यसलाई जिल्लादेखि प्राथमिक स्वास्थ्य संस्थासम्म विस्तार गरिनुपर्छ । हरेक स्वास्थ्य संस्थामा छुट्टै दन्त विभाग आवश्यक छ ।'

सम्मेलनमा पछिल्ला डिजिटल प्रविधि बारे  जानकारी दिइने सोसाइटीका टिका अध्यक्ष प्राडा विनेद आचार्यले बताए।  समितिका सचिव डा सिद्धार्थ दिक्षितले कृत्रिम दाँतसँग सम्बन्धित १५ वटा स्टलहरू रहेको जानकारी दिए।

आयोजक समितिका प्रेस संयोजक डा प्रकाश बुढाथोकीले आफ्नो पेशामा अध्यावधिक हुनका लागि सम्मेलन सहयोगी हुने बताए।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने