मुख्य समाचार

डा केसीको अनसन तोडाउन स्वास्थ्यमन्त्री बोहोराले वार्ता गर्ने

None

काठमाडौं-

काठमाडौं- स्वास्थ्यमन्त्री दीपक बोहारले डा गोविन्द केसीको अनसन तोडाउन त्रिवि शिक्षण अस्पतालमा पुगेर वार्ता गर्ने भएका छन्।

मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले अनसन अन्त्य गर्न आग्रह गर्ने बुझिएको छ। डा केसीसँग वार्ता गर्न बोहोरा शुक्रबार साँझ साढे ७ बजे शिक्षण अस्पताल महाराजगन्ज पुग्ने भएका हुन्।

मन्त्री बोहोराले डा केसीले उठाएका माग आशिंक रुपमा सर्वोच्च अदालतले सम्बोधन गरिसकेकाले अनसन तोडाउन प्रयास गर्ने बताइएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनसन थालेका डा केसीले भने आफ्नो अडानबाट पछि नहट्ने बताउँदै आएका छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने