मुख्य समाचार

किस्ट मेडिकल कलेज एक महिनादेखि बन्द, आन्दोलनकारी विरुद्ध व्यवस्थापन उच्च अदालतमा

None

काठमाडौं-

काठमाडौं– किस्ट मेडिकल कलेज बन्द भएको ३० दिन पुगेको छ। कलेज र कलेजको अस्पतालका कर्मचारीहरुले पारिश्रमिक वृद्धि लगायत सेवा-सुविधाका लागि आन्दोलन गरेपछि बन्द भएको हो।

यसैबीच, कर्मचारीहरुको बन्द विरुद्ध कलेज व्यवस्थापनले पाटन उच्च अदालतमा रिट दायर गरेको छ। आन्दोलनरत कर्मचारीका माग पूरा गर्न नसकिने भन्दै व्यवस्थापन पक्षले अदालत गुहारेको हो।

कर्मचारीहरुले राखेका माग नै गैरकानुनी भन्दै आफूहरु विरुद्ध रिट दायर गरिएको आन्दोलनकारी कर्मचारीका तर्फबाट वार्ता कमिटी संयोजक उमेश बर्तौला जानकारी दिए। 

उनले भने, ‘हामी वार्ताबाट समस्या समाधान गर्न खोजिरहेका छौं। तर, उहाँहरु हाम्रा कुरा सुन्न तयार हुनुहुन्न।’

वार्ता गरेर समस्याको समाधान खोज्नुको सट्टा व्यवस्थापन एकपक्षीय रुपमा आन्दोलन तुहाउन लागिपरेको उनको आरोप छ। 

‘अदालतसँग स्टे अर्डर माग्नु यसैको एउटा कदम हो,’ उनले भने, ‘भोलि (आइतबार) मुद्दाको प्रतिवादीका रुपमा हामीलाई अदालत बोलाइएको छ।’

अदालतबाट अन्तरिम आदेश लिएर बलपूर्वक कलेज खोल्ने प्रक्रियामा व्यवस्थापन लागेको भन्दै बर्तौलाले थपे, ‘आइतबार प्रहरी प्रशासनको बलमा एकपक्षीय रुपमा खोलिन लागेको जानकारी पाइएको छ।’

आन्दोलनरत पक्षले खाइपाई आएको तलबमा ८ हजार रुपैयाँका दरले वृद्धि, कर्मचारीलाई उपचारमा शतप्रतिशत र परिवारलाई ९० प्रतिशत छुट, गाडीभाडा वापत १५ सय रुपैयाँ भत्ता, बढुवा, बिदा, अवकाश लगायत विषयसँग जोडिएका १५ बुँदे माग राखेको छ।

एक महिनादेखि कलेज बन्द हुँदा एमबिबिएसका विद्यार्थीको परीक्षा, पढाइ र भर्ना प्रभावित भएको छ। यसैगरी अस्पताल बन्द हुँदा बिरामीलाई समस्या परेको छ।

यस्ता छन् कर्मचारीका माग:

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने