समाचार

पोखरामा योग शिविर हुँदै

स्वास्थ्य खबरपत्रिका

पोखरा- पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ। 

तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा माघ १ देखि ३ गतेसम्म सिमलचौरस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ६ः०० देखि ८ः०० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने मूल नारासहित आयोजित शिविरमा लोकनाथ खनाल प्रमुख प्रशिक्षक रहने पोखरा लेखनाथ महानगरपालिकाका आयुर्वेद चिकित्सक डा ओमप्रकाश कलौनीले बताए। 

योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने बताउँदै उनले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको जानकारी दिए। 

पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक लोकनाथ खनालले नेपाललगायत विश्वका १७७ राष्ट्रको समर्थनमा योग दिवसले मान्यताप्राप्त गरेको जानकारी दिए। शिविरमा दैनिक ५०० भन्दाबढीको सहभागिता रहने आयोजकको अपेक्षा छ। 

पोखरा लेखनाथ महानगरपालिकाका निमित्त प्रशासकीय प्रमुख वसन्तराज सिग्देलले महानगरले योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउने तयारीमा जुटेको बताए। रासस

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live