मुख्य समाचार

संघीय संरचनामा केन्द्रदेखि गाउँसम्म आयुर्वेदको यस्तो संरचना प्रस्ताव


काठमाडौं- संघीय संरचनामा केन्द्रीय स्वास्थ्य मन्त्रालय र यस मातहतका कार्यालयहरुको खाका तयार पारिएको छ। नयाँ खाकाको विषयमा उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिमा छलफल जारी छ।

प्रस्तावित संरचनामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको केन्द्रदेखि गाउँपालिकासम्म रहने विभाग, महाशाखा, शाखा लगायतका कार्यालयको प्रस्ताव गरिएको छ। जसअनुसार केन्द्र अर्थात् संघमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत विभाग, चार स्वायत्त निकायसहित रेफरल अस्पताल रहने उल्लेख छ।

मन्त्रालयले तयार पारेको खाकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई समेट्न नसकेको भन्दै आइतबार सिभिल आयुर्वेद चिकित्सक संघले स्वास्थ्य सचिव डा पुष्पा चौधरी र उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललार्इ ज्ञापनपत्र र संशोधित संरचनाको खाका बुझाएको छ।

संघले बुझाएको संरचनामा राष्ट्रिय औषधिजन्य वनस्पति बोर्ड, प्रदेशमा विभाग, महाशाखा लगायतका कुरा थप गरिएको संघका अध्यक्ष डा शंकर गौतमले बताए। 
उनले संविधानमा उल्लेख भएका कुरा पूरा गर्न नयाँ संरचनामा संशोधन गर्न माग गरिएको जानकारी दिए।

यस्तो छ आयुर्वेद तथा वैकल्पिक चिकित्साको प्रस्तावित संरचना:

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने