मुख्य समाचार

आन्दोलनरत नर्ससँग वार्ता गर्न मन्त्रालयले बनायो समिति

None

काठमाडौं-

काठमाडौं- स्वास्थ्य मन्त्रालयले आन्दोलनरत नर्ससँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ। मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिका सदस्यमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा छन्। 

नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका नर्सहरु आठ दिनदेखि आन्दोलनरत छन्। ११ बुँदे माग लिएर आन्दोलनमा उत्रेका नर्सहरुले सेवा छाड्ने, कालोपट्टी बाँध्ने लगायतका आन्दोलनका कार्यक्रम गरिरहेका छन्।

यस्तो छ नर्सको ११ बुँदे माग-

१. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस्।

२. अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस्।

३. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको 'नर्स बिरामीको अनुपात' सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस्।

४. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस्।

५. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।

६. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस्।

७. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस्।

८. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस्।

९. योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस्।

१०. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस्।

११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने