घरमै डाक्टर

घरमै डाक्टर– एमआरआई गराउनुअघि के–के कुरामा ध्यान दिनुपर्छ ?

None

भारतको मुम्बईस्थित बीआइएल नायर च्यारिटेवल अस्पतालमा पुगेका एक युवकको एमआरआई मेसिनमा ठोक्किएर मृत्यु भएको समाचारपछि डर बढेको छ।  राजेश मारु नामका ती ३२ बर्षीय युवकलाई सो अस्पतालका वार्ड ब्वाइले अक्सिजन सिलिन्डर एमआरआई रुममा  लगिदिन आग्रह गरेका थिए । उनी सिलिन्डर लिएर  एमआरइ रहेको कोठामा पुग्दा  सिलिन्डर सहित एमआरआई मेसिनमा ठोक्किन पुगे । चुम्बकीय शक्तिका कारण उनी ठोक्किएर सिलिन्डर तत्काल विस्फोट भयो । राजेशको ज्यान गयो ।

एमआरआई मेसिन खुला भएका बेला त्यसभित्र उच्च चुम्बकीय शक्ति हुन्छ । त्यसकारण कुनै पनि धातुजन्य बस्तुहरु लैजान निषेध गरिएको हुन्छ । तर विकिरणको जोखिम  भने हुँदैन । 

एमआरआइमा प्रयोग हुने शक्तिशाली चुम्बकले धातुहरु आकर्षित गर्ने हुँदा सावधानी अपनाउनु पर्दछ। कपडामा भएका धातुका टाँक, जिपर, कपालमा हुने क्लिप, गहना, घडी, कलम, एटिएम कार्ड, मोबाईल, पर्स लगायतका सर–समानहरु एमआरआर्इ कक्षमा लैजानु हुँदैन। 

त्यस्तै मेडिकल उपचारसँग संलग्न मुटुको पेसमेकर, कान कम सुन्दा लगाउने मेसिन, कृतिम जोर्नी, दाँतमा भएका क्लिप वा भरेको दाँत, शरिरमा भएका ट्याटु, मेकअप आदिले समेत एमआरआर्इमा प्रभाव पार्दछ। 

यस्ता कुराको प्रयोगका बारेमा एमआरआइ गराउनु पूर्व चिकित्सक तथा रेडियोग्राफर लाई जानकारी गराउनु पर्दछ। त्यस्तै उपचाररत बिरामीको ट्रली, अक्सिजन सिलिन्डर, व्हिल चेयर, उपचारमा प्रयोगरत बिरामिका अङ्गमा जोडिएका साधनहरु धातुका हुने भएकाले यस प्रति विशेष सजग रहनु पर्दछ। मुलतः एमआरआर्इ गर्ने कक्षमा प्राविधिक कर्मचारीसँग मात्र प्रवेश गर्नुपर्दछ।
डा सुजितकुमार झा, शिक्षण अस्पताल महाराजगञ्ज

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने