जीवनशैली

दीपिकाको सौन्दर्य राजः प्रशस्त तरकारी खाने, मस्त निदाउने 

स्वास्थ्य खबरपत्रिका

दीपिका पादुकोण फिल्म ‘पद्मावत’का कारण अहिले चर्चामा छिन् ।  पछिल्लो समय बलिउडमा उनले राज नै गरेकी छिन् भन्दा फरक पर्दैन। 

‘हेभी मेकअप’ नगरेको अवस्थामा दीपिका काली छिन् । घाँटी र छातीका देखिने भागमा अनेक सौन्दर्य सामग्री दलेर उनले आफूलाई सार्वजनिक स्थानमा उज्यालो देखाउने गरेकी छिन्।

बलिउडकी चर्चित अभिनेत्री उनी बाहिर निस्कँदा सनब्लक लोसनले छालालाई घामबाट जोगाउने गर्छिन् । कामबाट राति घर फर्किएपछि अनुहारमा लगाएको सबै मेकअप राम्रोसँग धोएर हाइड्रेटिङ क्रिम दल्ने गर्छिन् । कपाललाई चम्किलो राख्न उनी हरेक दिन नरिवलको तेलले कपाल मसाज गर्छिन्। 

‘तपाईं कसरी यति फिट र ब्युटिफुल हुनुहुन्छ’ भनी कसैले सोध्यो भने दीपिकाको जवाफ हुन्छ– ‘प्रशस्त तरकारी खानुस्, मस्तसँग निदाउनुस्, नियमित व्यायाम गर्नुस् र नराम्रो विचारलाई मनमा सकेसम्म आउन नदिनुस् । तपाईं पनि मजस्तै देखिनुहुन्छ।’

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live