जीवनशैली

क्यान्सर जित्ने बलिउड कलाकार

स्वास्थ्य खबरपत्रिका

नयाँ दिल्ली (एजेन्सी)– आइतबार क्यान्सर दिवस। क्यान्सरसँगको लडाइँबाट ज्यान गुमाउने बलिउड कलाकार धेरै छन्। तर, त्यसमा पनि मृत्युको मुखबाट बचेर अभिनयमा सक्रिय हुने केही भाग्यमानी कलाकार छन्। ती भाग्यमानी कलाकार यस्ता छन्ः 

लिजा रे 
अभिनेत्री लिजा रे प्लाज्मा सेल्स क्यान्सरबाट पीडित कलाकार हुन्। सन् २००९ मा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो। २०१० मा उनले ‘स्टेम सेल ट्रान्सप्लान्ट’ गरेकी थिइन्। यसले उनको रगतको सेतो ब्लड सेल्समा बन्ने एन्टीबडिसलाई पुनः समाधान गर्न मद्दत गर्छ। आज पनि उनी क्यान्सरको उपचारमा सक्रिय छिन्। त्यसैले उनी अहिले जुस र भेजिटेबल मात्र खान्छिन्।

मनिषा कोइराला
२०१२ मा मनिषालाई पनि ‘ओवरियन क्यान्सर’ भएको थियो। केही महिनासम्म उनको उपचार अमेरिकाको न्युयोर्कमा भयो। पहिले उनलाई सामान्य ‘फुड पोइजिनिङ’ भएजस्तो लाग्थ्यो। जसका कारण उनको पेट फुल्ने गर्थ्यो। विस्तारै तौल घटन थालेपछि उनले पहिले मुम्बईमा चेकअप गराइन्। यतिबेलै उनलाई अन्डाशयमा क्यान्सर भएको थाहा भयो। २०१७ मा स्वास्थ्य लाभ गरेपछि उनले फिल्म ‘डियर मामा’ मार्फत बलिउडमा पुनः एन्ट्री गरेकी छिन्।  

मुमताज
७० को दशकका चर्चित नायिका मुमताजलाई पनि ‘ब्रेष्ट क्यान्सर’ भएको थियो। २००० मा ५४ वर्षको उमेरमा उनलाई क्यान्सर भएको थियो। तर, केही किमोपछि उनले क्यान्सरसँगको युद्ध जितेकी थिइन्। 

अनुराग बासु
बर्फी, मर्डर र ग्याङस्टार जस्तो फिल्म बनाएका निर्देशक अनुराग बासुलाई पनि २००४ मा ‘ब्लड क्यान्सर’ भएको थियो। चिकित्सकले उनलाई ३–४ महिना मात्र बाच्ने उद्घोष गरेका थिए। तर, क्यान्सरविरूद्ध उनले लडे। अहिले उनी जीवित छन्। 


क्यान्सरबाट ज्यान गुमाएका कलाकार
राजेश खन्ना
सुपरस्टार राजेश खन्नाले ‘आनन्द’ फिल्ममा क्यान्सरपीडित युवकको भुमिका निर्वाह गरेका थिए। वास्तविक जीवनमा पनि उनले क्यान्सरकै कारण मृत्युवरण गर्नुपर्‍यो। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनले अन्तिम सास फेरे। उनको लिभरमा इन्फेक्सन भएको थियो, जसका कारण उनको किडनीले काम गर्न छोड्यो। 

फिरोज खान
‘कुर्बानी’ का स्टार नायक फिरोज खानको मृत्यु पनि क्यान्सरकै कारण भएको थियो। सन् २००८ मा क्यान्सरबाट लड्दै गर्दा बेग्लोरमा २००९ को अप्रिल २७ मा उनको निधन भयो। 

विनोद खन्ना
२०१७ को अप्रिलमा पनि बलिउडका स्टार नायक विनोद खन्नाको ब्लाडरमा क्यान्सर भएका कारण निधन भयो। यसका कारण पिसाब गर्दा उनलाई पोल्ने गर्थ्यो। पिसाबको रङ रातो हुने, खुलेर पिसाब गर्न नसक्ने, रगत आउने आदी लक्षण ब्लाडर क्यान्सरको हो। यसको उपचार किमोथेरापी, इम्युनोथेरापी र रेडिएशन थेरापीबाट सम्भव छ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live