समाचार

एम्बुलेन्सको ठक्करबाट बसका यात्रुको ज्यान गयो

None

रत्ननगर, चितवन- पूर्वी चितवनको खैरहनीस्थित ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान करिब १ बजेको समयमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत बिहारका अन्दाजी ५० वर्षीय विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको हो। 

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ ज्यामिरेमा पूर्वबाट आउँदै गरेको ना२च ४१२६ नंको एम्बुलेन्सले उनलाई ठक्कर दिएको थियो। जनकपुरबाट काठमाडौँ हिँडेको ना६ख १२३३ नंको बसमा सवार झा गाडी रोकेर पिसाब फेर्न लाग्दा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

बाटो काटेर जाने क्रममा राति १ बजे एम्बुलेन्सको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा बिहान २ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो। उनको शवलाई भरतपुर अस्पतालमा राखिएको छ भने एम्बुलेन्स चालक नियन्त्रणमा छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने