समाचार

एमबिबिएस अध्ययनरत २१ वर्षिया उप्रेतीको लडेर मृत्यु

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थीको ट्रेकिङ जाँदा लडेर मृत्यु भएको छ।

काठमाडौंको बसुन्धरा घर भएकी २१ वर्षीया दिपना उप्रेती ट्रेकिङ गई फर्कने क्रममा शनिबार लडेर मृत्यु भएको हो। उप्रेती एमबिबिएस तेस्रो वर्षमा अध्ययरनरत थिइन्।

कलेजमा अध्ययनरत अन्य पाँच जनासँगै बिहीबार माछापुच्छ्रे गाउँपालिका–९ मा रहेको मर्दी हिमालमा ट्रेकिङ गएकी उनी फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिका–९ देउराली (तल्लो भ्यू प्वाइन्ट) स्थित बाटोबाट करिब १ सय ५० मिटर तल खसेर बेपत्ता भएकी थिइन्।

आइतबार उनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्गबहादुर खत्रीले बताए। उनको शव काठमाडौं पठाइएको खत्रीले जानकारी दिए।

दिपनाका बुबा ज्ञानीप्रसाद उप्रेती क्वेष्ट फर्मास्युटिकल्समा कार्यरत छन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live