मुख्य समाचार

डा राजेन्द्र पन्त निमित्त महानिर्देशकका रुपमा हाजिर, डा पौडेल पोखरा फर्किनुपर्ने

None

काठमाडौँ– डा राजेन्द्र पन्त स्वास्थ्य सेवा विभागमा हाजिर भएका छन् । निमित्त महानिर्देशकबाट हटाइएपछि उनले सर्वोच्च अदमलतमा मुद्दा दायर गरेका  थिए ।   त्यसपछि निर्णय कार्यान्वनय नगर्न  सर्वोच्चले स्वास्थ्य मन्त्रालयलाई अन्तरिम आदेश  दिएपछि उनलाई विभागमा फर्किने बाटो खुलेको थियो ।

स्वास्थ्य मन्त्री दिपक बोहरा र  सचिव डा पुष्पा चौधरीले नियम विपरित महानिर्देशक नियुक्त गरेका  डा तारानाथ पौडेल भने पोखरा नै फर्किने भएका छन् । डा पन्तलाई हाजिर हुन दिइएको पत्रमा डा पौडेललाई भने पदाधिकार रहेको कार्यालय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाजिर हुन जान निर्देशन दिइएको छ।

पत्र पाएपछि डा पन्तले महानिर्देशक उप महानिर्देशक चुडामणी भण्डारीको कार्यकक्षमा  हाजिर गरेका छन् ।   डा पौडेलको नियुक्ती चलखेलको आधारमा नियम विपरित भएको भन्दै डा पन्त अदालत गएको र अदालत गएका थिए । 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने