मुख्य समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विनोदमान श्रेष्ठ

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विनोदमान श्रेष्ठलाई नियुक्त गरिएको छ। स्वास्थ्य मन्त्री दीपक बोहराले आज मन्त्रीस्तिरीय निर्णय गर्दै १२ औं तहका डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। डा श्रेष्ठ चैतमा रिटायर्ड हुँदै छन्।

नियमअनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १२ औं तहको कर्मचारी हुनुपर्छ। यसअघि मन्त्री बोहराले अख्तियारको निर्देशन र नियम विपरित ११ औं तहका डा तारानाथ पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए। 

विभागमा निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका डा राजेन्द्र पन्तलाई मन्त्रालयमा तान्दै मन्त्री बोहराले पोखरामा कार्यरत पौडेललाई महानिर्देशक बनाएपछि विवाद उत्पन्न भएको थियो।
डा पन्तले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए। सार्वेच्चले डा पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि मन्त्रीले महानिर्देशकमा डा पन्तलाई काम गर्न नदिन नयाँ व्यक्तिलाई पठाएका हुन्।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

Dorik Lal Kamait लेख्नुहुन्छ २०७४ फाल्गुण ३ बिहीबार ११:२४ 

तहगत स्वास्थय सेवा िवभागकाे महा िनर्देशकमा डा िवनाेद मान श्रेष्ठ हुनु भएकाेमा बधाइ छ

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live