समाचार

डिन अग्रवालसँग बेखुश समूहले भेट्यो शिक्षामन्त्रीलाई, राख्यो वर्खास्तीको माग

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ – शिक्षामन्त्री धनीराम पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) संस्थानका डिन डा जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ । उनलाई डिन बनाइएकोमा वेखुश रहेको एक समूहले उक्त ज्ञापन पत्र बुझाएको हो । 

अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी उक्त समूह संयोजक डा सुरेश उप्रेतीसहितको टोलीले दिएको हो । 

समितिले विगत १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी गर्दै आएको छ । डा गोविन्द केसीको अनशन तोडाउन क्रममा सरकारले वरिष्ठताका आधारमा डा अग्रवाललाई नियुक्त गरेको थियो । 

शिक्षामन्त्री पौडेलले सङ्घर्षरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरे । उनले यही पुस १४ गते बस्ने त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा यस विषयमा छलफल हुने बताए । रासस 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live