मुख्य समाचार

बिरामी बचाउन प्रधानमन्त्री अोलीले जहाज पठाए 

None

काठमाडौं-

बाजुरा- बाजुराको दुर्गम गाउँपालिका गौमुल–४ की धर्मा रोकायाको ज्यान बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज चार्टर गरेर पठाएका छन्। नेपालगञ्जमा उपचार गराइरहेकी ४० वर्षीया रोकायाको थप उपचारका लागि जहाज चार्टर गरेर पठाएका हुन् । 

गौमुल गाउँपालिका ४ का वडा अध्यक्ष वीरेन्द्र रोकायाकी श्रीमती धर्मा रोकायाको घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनलाई थप उपचारका लागि काठमाडौं लैजान समस्या भएपछि प्रधानमन्त्रीले यति एयलाइन्सको जहाज पठाएका हुन् । 

उनको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरी जहाजमा विरामीलाई काठमाडौं लगिएको एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले जानकारी दिए । रोकाया गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी थिइन ।

नेपालगञ्जमा उपचार सम्भव नहुने चिकित्सकले बताएपछि रोकायको परिवार समस्यामा परेको थियो । 

घाइते रोकायको अवस्था र आर्थिक अवस्था समेत कमजोर रहेको बुझेका थापाले मंगलबार यो विषय प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका थिए । जानकारी पाएलगत्तै प्रधानमन्त्रीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिदैं जहाजको प्रबन्ध गराएका हुन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने