मुख्य समाचार

लुम्बिनी अञ्चल अस्पतालमा ९७ जना चिकित्सकको दरबन्दी,  कार्यरत ३७ जना मात्र 

None

काठमाडौं-

रुपन्देही – प्रदेश नं ५को सबैभन्दा पुरानो लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दरबन्दी अनुसारका चिकित्सकहरू नहुँदा बिरामीहरु निजीमा महंगो स्वास्थ्य सेवा लिन बाध्य छन्।
सरकारले लुम्बिनी अञ्चल अस्पताललाई स्तरवृद्धि गरि उपक्षेत्रीय अस्पताल बनाउने  र ३ सय सैय्याको अस्पताल बनाउने बताए पनि उक्त  कार्यान्वयन हुन सकेको छैन । अस्पतालको स्तरबृद्धि  अस्पतालमा सहज रुपमा औषधी बितरण फोहर ब्यबस्थापन कुरामा मात्र सिमित भएपनि बिरामीलाई सेवा दिने चिकित्सक पनि  दरबन्दी अनुसार रहेका छैनन्। 

१ सय ७ वर्ष पुरानो अञ्चल अस्पतालमा ९७ जना चिकित्सकको दरबन्दी भएपनि अहिले ३७ जना मात्र सरकारी दरबन्दीका चिकित्सक कार्यरत छन्। दरबन्दी अनुसारको  चिकित्सकलाई  अस्पतालमा  पठाइदिन आग्रह गरेपनि स्वास्थ्य मन्त्रालयले चासो नदेखाएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासकिय अधिकृत भुमिश्वर ढकालले भने, ‘पटक–पटक मन्त्रालय बिभागमा पत्र लेख्यौं तर चिकित्सक आएका छैनन्।’

‘अस्पतालमा ५० जना विशेषज्ञ र ४७ जना मेडिकल अधिकृतको सरकारी दरबन्दी छ,’ ढकालले भने, ‘स्वास्थ्य मन्त्रालयले दरबन्दी अनुसारको चिकित्सक पठाइदिएन । हामीले करारको सहायता ७५ जना डाक्टर र ४२ जना मेडिकल अधिकृत राखेर  उपचार सेवा दिएका छौं।’

प्रदेशकै ठूलो अस्पतालमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा १३ जिल्लाका बिरामीहरु उपचारार्थ आउने गरेका छन्। अहिले अस्पतालमा दरबन्दी अनुसार चिकित्सक छैनन्।
डेन्टल सर्जन २, प्याथोलोजिष्ट १, डर्माटोलोजिष्ट (छाला रोग विशेषज्ञ) १, नाक, कान घाँटी १, स्त्री तथा प्रसूति ३ जना (काज), वरिष्ठ मेडिकल अधिकृत १, रेडियोलोजिष्ट १, न्यूरोलोजिष्ट १, यूरो सर्जन १, न्यूरो सर्जन १, नेप्रोलोजिष्ट १ गरी १६ विशेषज्ञ र ४५ जना मेडिकल अफिसरको अस्पतालमा दरबन्दी रिक्त छ।

२ सय ५० शैय्याको अत्पताललाई ३ सय शैय्या पु¥याउने तयारी छ । तर, दरबन्दी अनुसारका चिकित्सकहरू नआउँदा कठिनाई हुने देखिएको छ । अस्पतालमा दैनिक ७ सयदेखि एक हजार बिरामीको उपचार हुने गरेपनि पर्याप्त चिकित्सक नहुँदा बिरामीहरू महंगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य छन्। 

अस्पतलमा अस्पताल विकास समिति र सरकारी गरेर ५ सय ४ जना कर्मचारीहरु भए पनि अहिले ४ सय ८० जना कार्यरत छन् । अस्पताल लागि स्वास्थ्य मन्त्रालयले यस वर्ष पाँच करोड १८ लाख रुपैयाँ रकम विनियोजन भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले सय वर्ष अगाडिको संरचनामा काम गर्दा बिरामीलाई सेवा प्रवाह कठिनाई भएको बताए । उनले भने, ‘सरकारले सय वर्ष अगाडि ५० शैया सञ्चालन गर्दा पनि अहिलेको क्षेत्रफल थियो । अहिले ४ सयको अनुमति छ । क्षेत्रफल उही छ।’

बिरामी बढेका छन् । डाक्टर पनि आवश्यकता अनुसारका छैनन् । जसले गर्दा व्यवस्थापनमा चौतर्फी समस्या छ । अस्पतालमा चार सय शैयाको अनुमति भए पनि अहिले २ सय १० शैया मात्र सञ्चालनमा छन् । अस्पतालको व्यवसायिक सटरबाट वार्षिक ४ करोड भन्दा बढी आम्दानी हुने गरेको लेखा शाखाले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने