नर्सिङ

नेपालको नर्सिङ क्षेत्रका ६ जल्दाबल्दा समस्याहरु

img

अर्चना बगाले, नर्स

नेपालको नर्सिङ क्षेत्रका समस्या उधिन्ने अनगिन्ति भेटिन्छन् । पाइलैपिच्छे समस्याको थाक पन्छाएर हिँड्नुपर्छ भन्दा फरक पर्दैैन । समस्याहरु मध्ये अहिले नेपालको नर्सिङ क्षेत्र ६ वटा समस्या टड्कारो रुपमा देखिएका छन् । 

१ नर्सिङमा ब्रेन ड्रेन 
सन्तान विदेश नगए बाबुआमालाई पिर लाग्न थालेको छ आजभोली । देशको अस्तव्यस्त रोजगार, ब्याप्त कुरिति अनि कुसंस्कारले गर्दा अधिकांश युवाहरु विदेश पलायन भएका छन् । उच्च शिक्षा हासिल गर्न होस् वा रोजगारीको अवसरका लागि युवा जमात विदेशी रहेको छ । पढाई अनुसारको रोजगारको अभाव र पहुँच भए मात्रै रोजगारी पाइने भएकाले दक्ष जनशक्ति विदेशले प्रयाग गरेको छ । यसका फाइदा बेफाइदा आआफनो ठाउँमा छन् । देशमा रेमिट्यान्स भित्रिने फाइदा त छँदैछ तर दक्ष जनशक्ति विदेसिदा स्वदेशमा विकासको गति ओरालो लागेको पनि छ । 

विशेष गरी यो समस्या नर्सिङ्गमा बढिरहेको छ । च्याउसरी आएका नर्सिङ्ग क्याम्पस अनि उत्पादन गरेर छाडिदिने व्यवसायीकरणले गर्दा उत्पादित जनशक्ति रोजगारीको अभावमा विदेश पलायन हुने गति तीव्र्र छ । उच्च शिक्षाका लागि देखि लिएर रोजगारीको विदेशिने प्रवृत्ति बढिरहेको छ । 

नर्सिङ्गमा भइरहेको यो ‘ब्रेन ड्रेन’ले यहाँ नकारात्मक आधार बढिरहेको छ । आवश्यक ठाउँमा दक्ष जनशक्तिको अभाव छ तर उक्त अभाव पूर्ति गर्ने सरकारी नीति नियम बलिया छैनन् । 

२. न्यून गुणस्तरीय शैक्षिक संस्था 
नर्सिङ्गको आफ्नै महत्व अनि महिमा छ तर छिटो रोजगार पाइने र बाहिर जान सहज हुने भएकाले अनियन्त्रित व्यवसायीकरण भइरहको छ  । यसले गर्दा नर्सिङ्ग शिक्षाको गुणस्तरमा नै कमि आउन सक्ने अवस्थाको सिर्जना हुन सक्छ  । सम्पूर्ण मापदण्ड पूरा गरेका शैक्षिक संस्थालाई मात्र पढाउन दिइयो भने मात्र गुणस्तरमा कमि आउने थिएन । पढाउने शिक्षकहरुलाई अझ शसक्त बनाउनको लागि आवश्यक तालिमहरुको ब्यवस्था भयो भने सुनमा सुगन्ध थपिने थियो । 

३. अनुसन्धानमा कमि
कुनै पनि पेसा अघि बढाउन त्यस क्षेत्रमा भएका कमि कमजोरीलाई अनि कारणलाई पत्ता लगाउनु महत्वपूर्ण हुन्छ । हाम्रो देशमा हामी अनुसन्धानमा त्यति ध्यान दिइरहेको हुँदैनौ  । नर्सिङ्ग सेवा अनि अभ्यासमा हामीले धेरै अध्ययन अनि अनुसन्धान गर्न जरुरी छ । ताकी हामी तथ्यमा आधारित उपचार गरेर हाम्रो पेशालाई दरिलो बनाउन सक्छौं । हाम्रो काम बिरामीको सेवा मात्र होइन त्यो सेवालाई कसरी गर्दा अभm राम्रो हुन्छ भनेर अध्ययन अनुसन्धानमा जोड दिनु जरुरी छ । 

अहिलेको समयमा अन्तर्राष्टिय स्तरमा हामी आफूलाई सक्षम देखाउन अनि पेशालाई अघि बढाउन चाहान्छौँ भने हाम्रो फाँटमा अनुसन्धानलाई पनि प्राथमिकता दिनु अत्यावश्यक छ । 

४. काम गर्ने स्वतन्त्रता\स्वशासन
हाम्रो काम रोग निको पार्न सहज वातावरणको सिर्जना गर्नु हो । रोगका असरलाई न्यूनिकरण गर्नु हो । आफनो कार्य गर्नलाई हामीलार्य पूर्ण रुपमा अझै पनि स्वतन्त्रता छैन । हामी सबैसँग मिलेर बिरामीको स्वास्थ्यका लागि कार्य गर्छौं  । केही कुरा हामी आफैंले स्वतन्त्र रुपमा निर्णय गर्न सक्छौं भने केहीमा हामीले अन्य सहकर्मीको सहयोग चाहिन्छ । सम्पूर्ण तथ्यलाई बुझेर आफूले निर्णय गर्न सक्ने कार्यलाई स्वतन्त्रतापूर्वक कार्य गर्न सक्छौं । लडेर होइन मिलेर आफ्नो स्वतन्त्रतालाई प्रयोग गर्नुपर्ने आवश्यकता पनि यस पेशामा रहेको छ । 

५. बोलीचाली
देश गरिब छ अस्पतालमा धेरै नर्स राख्न सक्ने आर्थिक स्थिति छैन । अनि न्यून जनशक्तिले धेरै बिरामीको हेरचाहा गर्नुपर्ने हुन्छ । काम गरेर मात्र भएन त्यसलाई लिखित रुपमा पनि सम्प्रेषण गर्नुपर्ने हुन्छ । कामको चाप त छँदैछ तर पनि हाम्रो बोलीचालीमा नरमपना छैन भन्ने गुनासोलाई पनि हामीले ध्यानकर्षण गर्न जरुरी छ । सकेसम्म बिरामी अनि उनका आफन्तसँग राम्रो व्यवहारका साथ उपस्थित हुनु जरुरी छ । ताकि हाम्रो बोलीचाली कसैका निम्ति पिडादायी नबनुन् । हाम्रो बोलीले बिरामीको आधा रोग निको पार्न सक्ने हुन् । अहिलको यो समस्यालाई बिस्तारै सहजीकरण गर्दै लानुपर्ने आवश्यकता छ । 

६ न्युन तलब
थोरै पैसामा काम गर्नुपर्ने बाध्यता सिर्जना गराएका हुन्छन् । प्राय  प्राइभेट अस्पतालले यसले गर्दा पनि विदेश पलायनको अवस्था सिर्जना गराएका छ । अनि कार्य पनि कुशलताका साथ गर्न अप्ठ्यारो भएको हुन्छ । त्यही काम गर्न एउटा नर्सले राम्रो आम्दानी गर्ने अनि अर्कोले काम हुँदा काम गर्न निराश हुने गरेको पाइन्छ । त्यसैले सरकारले सम्पूर्णको तलब निर्धारण गरिदियो भने यो समस्या पनि छिटै समाधान हुने थियो । अनि सित्तैमा काम लगाउने प्रबृत्तिको पनि व्यवहारमा छिटै अन्त्य होस् । 

अतः यी समस्याहरुको राम्रोसँग समाधान भयो भने हाम्रो पेशा अझ शशक्त हुने थियो । अनि हाम्रो स्तर अन्तर्राष्ट्रिय स्तरको हुने थियो । बौद्धिक जनशक्तिको कदर हुने थियो । पेशा पनि गुनासो रहित हुने थियो । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live