मुख्य समाचार

स्वास्थ्य प्रतिष्ठानहरुमा उपकुलपति बन्ने अवसर, २७ गतेभित्र कार्ययोजनासहित दरखास्त दिने समय

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- स्वास्थ्य मन्त्रालयले विभिन्न तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तीका लागि खुला दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तीका लागि मन्त्रालयले सुचना प्रकाशित गर्दै इच्छुकलाई दरखास्त पेश गर्न आह्वान गरेको हो ।

उपकुलपतिका लागि दरखास्त हाल्न चाहनेले २७ गतेभित्र कार्ययोजनासहित मन्त्रालयको चिकित्सा सेवा महाशाखामा बुझाउनुपर्ने हुन्छ । मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्न लागेको हो । उपकुलपतिको दरखास्त हाल्नेले १० पेजमा नबढाई कार्ययोजना सहितको निवेदन दिनु पर्ने हुन्छ ।

तीनवटै प्रतिष्ठानका लागि सर्च कमिटी संयोजक स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सह-कुलपति गगन थापा हुन् । सदस्यहरुमा स्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डास गीताभक्त जोशी रहेका छन् ।

यस्तो छ सुचना

 


swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने