फिचर

एक डाक्टर, जसले मलेसियालाई कायापलट गरे

देशको कार्यकारी प्रमुखमा पुग्ने चिकित्सक केही भएपनि सफल ‘डाक्टर  नेता’का रुपमा मलेसियाका डा. महाथिर मोहम्मदलाई कसैले माथ गर्न सक्दैन । सन् १९२५ जुलाई १० मा मलेसियाको एलोर स्टार खेडामा जन्मेका डाक्टर मोहम्मदले गरिबी,  अव्यवस्था र अन्योलले आक्रान्त मलेसियालाई अहिलेको अवस्थामा पुर्याए । बुझ्न सजिलोका लागि तुलना गर्ने हो भने उनले शासन गर्नुअघिको मलेसिया अहिलेको नेपाल भन्दा गरिब थियो । अव्यवस्थित थियो र भ्रष्टाचारले आक्रान्त थियो ।   हाल ९१ वर्षका डा मोहम्मदले कसरी त्यो मलेसियालाई यो मलेसिया बनाए ? किन चिकित्सा छाडेर राजनीतिमा आए ?
यदि मनैदेखि परिवर्तन चाहने हो भने अरुप्रति गुनासो गर्ने होइन, आफैं अघि सर्नुपर्छ भन्ने उनको प्रयासले दर्शाउँछ ।


बाल्यकाल

सामान्य परिवारमा जन्मिएका महाथिर मोहम्मदका बुबा स्कुलका शिक्षक थिए । उनका बुवाले तीनटा विवाह गरेका थिए । उनी परिवारका जेठा छोरा थिए । बाल्यकालमा राम्रोसँग खान पुग्ने अवस्था थिएन । ठूलो परिवार भएकाले अनेकन अस्तव्यस्तता थियो । उनी बढ्दै गएपछि उनी बसेको स्थान मलेसियाको खेडामा पहिलो सरकारी स्कुल खुल्यो । उनले त्यहीँ स्कुल पढ्न शुरु गरे ।

उनका बुवा भारतको केरलाबाट मलेसिया बसाइँसराई गरेका थिए । उनका बुवा छोराले पढ्ने मात्र काम गरोस् भन्ने चाहन्थे । उनले स्कुल अनि घरमा छोरालाई कोठाबाट बाहिर निस्कन दिँदैनथे । तर, उनकी आमाले बाहिरी कुरा बुझ्नु जरुरी भएको बताउँथिन् ।

सानोमा उनी निकै कम बोल्थे तर हरेक कामले अरुको नजरमा पर्दथे । महाथिर स्कुल पढ्दा पनि अरु भन्दा छुट्टै स्वभावका थिए । फुर्सदको समयमा उनी स्कुलको पुस्तकालमा गएर कथाका कितावहरु, म्यागजिन, पत्रपत्रिका, इतिहासका किताबहरु पढ्थे । उनी स्कुलका विभिन्न कार्यक्रममा भाग लिन रुची दखाउँथे । उनी भन्छन् ‘प्रथम विश्वयुद्धको बारेमा पढेपछि मानिसको मृत्यु, दुःख, समस्याहरु थाहा पाएँ । त्यसबाट निकै प्रभावित  भएँ ।’

सन् १९४० मा मलेसियनहरुको दुःख अनि समस्याको बारेमा एउटा कार्यक्रम भयो । जुन सुनेर उनी अचम्मित भए । उनले आफ्नो देशको अवस्थाको यथार्थ बुझे । सन् १९४१ डिसेम्बर १९ मा दोस्रो विश्वयुद्ध भयो, त्यतिबेला उनी १६ वर्षका थिए । उनले त्यो समयमा धेरै कुरा सिक्न पाए । लामो समय स्कुल विदा भयो । उनी सोच्थे, ‘मान्छेले किन मान्छे मार्ने गरेको छ ?’

जब उनको स्कुलको पढाइ सकियो । आफ्नो व्यापार शुरु गर्छु भन्ने सोचे । उनले सानो पसल राखे । खाना, चिया र खाजा बेच्थे उनी । उनले तीन वर्षसम्म पसल गरे । उनलाई फेरि पढ्ने सोचाइ जाग्यो ।


मेडिकल अध्ययन

डा महाथिर २२ वर्षको हुँदा उनी ‘किङ एडवार्ड एन्ड मेडिकल कलेज’ सिंगापुरमा डाक्टरी पढ्न भर्ना भए । त्यहाँ पढ्ने बेला महाथिर धेरै कुरा बुझ्ने भइसकेका थिए । धेरै भारतीय र पाकिस्तानीहरुसँग उनको संगत भयो । उनी पहिलो वर्ष पूरा गर्ने बेलासम्म विद्यार्थीहरु शिक्षक माझ चर्चाका पात्र भइसकेका थिए । उनलाई कलेजले एडिटर अफ एनुअल म्यागजिनको को जिम्मेवारी दियो । कलेजको विद्यार्थी परिषदका अध्यक्ष भए । मुस्लिम विद्यार्थी परिषदका पनि अध्यक्ष भए ।

सँगसँगै आफ्नो पढाईलाई पनि राम्रोसँग अगाडी बढाइरहेको देखेर उनका गुरुहरु अचम्ममा पर्थे ।  उनलाई त्यतिबेलै उनलाई नेता ठान्थे । उनले कलेजमा पढ्दा कसैलाई पछ्याउनु परेन । उनको नयाँ–नयाँ सोच लिएर काम गर्ने बानीका कारण धेरै उनलाई पछ्याउन थालेका थिए ।

    फुर्सदको समयमा महाथिर कलेजको पुस्तकालयमा भेटिन्थे । पत्रपत्रिका र बाहिरी कितावहरु उनलाई अत्यन्तै मन पथ्र्यो । विद्यार्थीकालमा महाथिरले जति सोच्न सक्ने अरु कोही थिएनन् । त्यो समयमा उनी यसरी  विद्यार्थी नेताको रुपमा अघि बढे, जसलाई देखेर शिक्षक विद्यार्थी नै अचम्म पर्दथे ।

उनका गुरुका अनुसार त्यो समय डा महाथिर अरु विद्यार्थीभन्दा हरेक कुराले अगाडी र सफल थिए । उनी अत्यन्तै जिद्दी स्वभावका थिए । कुनैपनि कुरा उनलाई गर्नुपर्ने छ भने कसैले रोक्न सक्दैनथ्यो । उनी कसैको कुरामा पछि नलाग्ने खालका थिए ।

उनी विभिन्न पत्रपत्रिकामा आफूलाई लागेको कुरा लेख्ने गर्दथे । त्यस समयमा आफ्नो सही नाममा लेख लेख्दा अप्ठ्यारो पर्ने हुँदा उनले आफ्नो छद्म नाम ‘चि डेयाट’ राखेका थिए ।

फुर्सदको समयमा महाथिर कलेजको पुस्तकालयमा भेटिन्थे । पत्रपत्रिका र बाहिरी कितावहरु उनलाई अत्यन्तै मन पथ्र्यो । विद्यार्थीकालमा महाथिरले जति सोच्न सक्ने अरु कोही थिएनन् । त्यो समयमा उनी यसरी  विद्यार्थी नेताको रुपमा अघि बढे, जसलाई देखेर शिक्षक विद्यार्थी नै अचम्म पर्दथे ।
उनले आफ्ना साथीहरुसँग आफ्नो देशका किसान अनि गाउँलेको उपचार नपाएको कुराबारे छलफल गरिरहेका हुन्थें ।


प्रेम र विवाह

उनी आफूसँगै पढ्ने डा. सिटि हजमालाई मन पराउँथे । तर, सिटि हाजमाले आफु मेडिकल डाक्टर भएपछि मात्रै अन्य विषयमा सोच्ने भनिन्  । तत्कालका लागि पढाइमै ध्यान केन्द्रित गर्ने बताइन् ।


हरेक कुरामा सफल हुँदै थिए । हरेक परीक्षा पनि पास हुँदै थिए । तर, अन्तिम वर्षको परिक्षामा असफल भए । त्यसमा पनि अब्स्टेटिक र गाइनोक्लोजीमा असफल हुने एक्ला विद्यार्थी थिए ।

त्यो उनको जीवनको पहिलो असफलता थियो त्यो । सिटि हाजमाले त्यतिबेला उनलाई निकै सहयोग गरिन् । उनले त्यसबेला भनेको एउटा कुरा महाथिरले कहिले बिर्सेनन्, ‘जीवनमा लामो बाटो हिड्नेहरुले सिक्ने मौका हो, यो । पछि तिमी यही समय सम्झेर खुसी हुने दिन पनि आउनेछ ।’ परीक्षा दिएपछिको खाली समय उनले सफल÷असफल मानिस, देश, संस्था समुदायको बारेमा लेखिएका धेरै किताव पढे । त्यसैगरी आफूलाई अगाडी बढाए ।

जागिरे जीवन सुरु भएपछि महाथिरले पहिलेसँगसँगै डाक्टर पढ्दाका साथी डा. सिटि हाजमालाई विवाहको प्रस्ताव गरे । परिवारको सल्लाह पछि १९५६ मा उनको विवाह भयो ।


सरकारी जागिर मेडिकल अफिसर


जव उनले पढाइ सकाए । तीन वर्षसम्म मलेया सरकारी अस्पतालमा काम गरे । त्यस बेला उनी गरिव किसानहरु र पैसाको अभावमा उपचार गर्न नपाएकाहरु देखेर अन्यन्त दुःखी हुन्थे । अस्पतालको अस्तव्यस्तता देखेर अचम्म पर्दथे । त्यो समय सबै डाक्टर  र कर्मचारी ६ बजेसम्म डियुटीमा रहनुपर्ने नियम थियो । । तर हरेक व्यक्ति दिनको ३ बजे अस्पतालबाट हिँडिसकेका हुन्थे ।  आफू भने पूरै समय  अस्पतालमा विताउँथे ।

अस्पतालको अवस्थाबाट उनले देशको स्थिति खराव हुनुको कारणहरु जान्ने अवसर पाए । उनले एक दिन सबैलाई एउटा प्रश्न सोधे, ‘तपाईंहरु बेलुकी छ बजेसम्मको आफ्नो डियुटी छाडेर किन ३ बजे नै घर जानुहुन्छ ? हामीले नै यसरी आफ्नो काम पूरा गरेनौ भने कसरी राम्रो होला ?’

सबै जनाले उनलाई एउटै जवाफ दिए, ‘ट्राफिक जामले गर्दा समयमा घर पुग्न सकिदैन । गाडी नपाउने भएकाले हामी छिटो हिँड्न बाध्य छौं ।’ उनले त्यही दिन सोचे, ‘चिकित्सा पेशासँगै राजनीतिमा चासो राखेर कहिल्यै परिवर्तन हुँदैन । आफूले पूर्णकालिन राजनीति गर्नुपर्छ । परिवर्तन सम्भव छ ।’ उनका बुवा महाथिरलाई राजनीतिमा लागेर दुःख नपाओस् भन्ने चाहन्थे । डाक्टर बनेरै आफ्नो गाउँलेहरुको सेवा गरोस् भन्ने चाहन्थे । परिवालाई राम्रो पैसा कमाएर सहयोग गरोस् भन्ने चाहना थियो ।

त्यसपछि श्रीमति डा. सिटि हाजमासँग महाथिरले ‘आफू राजनीतिमा लाग्न इच्छुक भएको तर बुवाआमाले सहमति नदिएको’ बताए र उनको राय मागे । त्यसपछि डा. सिटिले उनलाई राजनीति गर्न अनुमति दिइन् भने आफू चिकित्सा पेशामै लागिन् । त्यसपछि उनी सरकारी जागिर छाडेर पूर्ण राजनीतिमा प्रवेश गरे ।


राजनीति

सन् १९५७ मा उनी पूर्णकालिन राजनीतिमा लागे । त्यो भन्दा अघि नै उनी सन् १९४५ को एन्टी मलेयन क्याम्पियनमा सहभागी थिए । सन् १९५० मा युनाइटेड मलायन नेचुरल अर्गनाइजेशन पार्टीको सदस्यता लिएका थिए ।

सन् १९५७–१९६४ को अवधिमा उनले नराम्रोसँग पराजय बेहोर्नुपर्यो भने दुई पटक संसदीय चुनावमा पनि असफल भए । त्यति बेलाको समयसम्म डाक्टर राजनीतिमा लाग्नु हुँदैन भन्ने सोचाई परिवार र समाजमा थियो । उनले आफ्नो हारसँगै सबैको नराम्रो व्यवहार सहनु पर्यो। तरउनकी श्रीमती डा. सिटीले प्रेरणा दिइरहिन् । अघि बढ्न उत्साहित बनाउँदै गइन् ।

सन् १९६५ मा उनले संसदीय निर्वाचन जिते । पार्टी भित्रपनि सुप्रिम काउन्सिलको प्रमुख बने । सन् १९६८ मा मलेसियाको पहिलो उच्च शिक्षा परिषदको अध्यक्ष भए । उनले सुप्रिम काउन्सिलको प्रमुख हुँदा आफ्नो पार्टीका अध्यक्ष तथा देशको प्रधानमन्त्रीले गरेका नराम्रा कामको विरोध जनाउन थाले । विचार र इमान्दारीताको राजनीतिले मात्रै देश बन्ने उनको धारणा थियो ।

सन् १९६९ को संसदिय निर्वाचनमा फेरि उनले हार सहनु प¥यो । त्यसबेला आफ्नो पार्टी, पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गरेका कारणले उनलाई निर्वाचनमा पराजित गरियो । त्यसै बखत उनलाई पार्टीको सुप्रिम काउन्सिलबाट पनि अल्पमतमा पारी निकालियो । उच्च शिक्षा परिषदको प्रमुखबाट पनि पदमुक्त गरियो । त्यही समय पार्टीबाट पनि निकाल्ने तयारी भयो । उनले सन् १९६९ सेप्ठेम्बर २६ मा पार्टी परित्याग गरे । अव केही समय राजनीतिमा नआउने भन्दै उनले पार्टी छाडे । यही समयमा उनले मलेसियाको विकास कसरी गर्ने भनेर किताब लेखे ।  ‘द मलाया डिलेमा’ नामक उक्त पुस्तक निकै चर्चित भयो  ।


सन् १९७२ मा फेरि उनी पार्टीमा फर्किए । उनलाई सिनेटरमा नियुक्त गरियो । राष्ट्रिय विश्वविद्यालय परिषदमा पनि नियुत्ति पाए । सन् १९७५ यु.एम.एन.ओ. पार्टीको उपाध्यक्षमा उमेद्वारी दिए । उनलाई सबैले हारको मूल्यांकन गरेको बेला उनी पार्टीको उपाध्यक्ष पदमा विजयी भए अनि शिक्षा मन्त्री पनि भए ।

सन् १९७८ उनी संसदीय निर्वाचनमा अध्यधिक मतले विजयी भए । उप–प्रधानमन्त्री, उद्योग तथा वाणिज्य मन्त्री भए । ५ वर्षको अवधिमा उनले गरेका कामले निकै प्रशंसा पाए । १९८१ देखि २००३ सम्म उनी मलेसियाको प्रधानमन्त्री बने । १९८१ मा यु.एम.एन.ओ. पार्टीको अध्यक्षमा निर्वाचित भए । उनी १९८१ जुलाई १० मा मलेसियाको प्रधानमन्त्री भए । अनि उनले देशको लागि एउटा नारा तय गरे ।

क्लिन इफिसियन्ट ट्रष्ट वर्थी गभर्मेन्ट
लिडर थ्रो एक्ज्याम्पल, द लुक इस्ट पार्टी
परमिसन अफ इस्लामिक भ्यालुज् एन्ड बाइ ब्रिटिस लस्ट


उनलाई जनसमुदायले विस्तारै विश्वास गर्न थाले । त्यो समयमा यु.एम.एन.ओ. पार्टीका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष टङ्गखु अब्दुल रमनले डा महाथिरलाई आफूले विश्वास गर्न नसकेकोमा आम जनतासँग माफी मागेका थिए ।

सुरु–सुरुमा डाक्टर महाथिरसँग काम गर्न नसक्ने भनेर सरकारमा रहेका उपप्रधान, गृह लगायतका मन्त्रीहरुले अपठ्यारोमा पार्न राजिनामा दिन्थे । तर, उनी झनै सहायिक रुपमा काम गर्न थाले । ‘देशको हितमा मात्रै काम गरेको भनेर यतातिर लाग्ने नसक्नेले पद छाडेको’ भनी उनले अभिव्यक्ति दिए । काम गर्न नसक्नेलाई आफै पनि मन्त्रीबाट हटाइदिन थाले । तर, पार्टीमा उनको यो कार्यको निकै विरोध भयो ।

१९८७ मा उनले फेरि पार्टी अध्यक्षमा उम्मेद्वारी दिए । उनी पार्टीको अध्यक्ष भए । लगातार पार्टीलाई अगाडी बढाउँदै प्रधानमन्त्री भए । उनी कानुनले मात्रै समानताको अधिकार सबैलाई दिनसक्छ भन्ने मान्यता राख्थे । विकासले मात्रै देश अगाडी बढ्न सक्ने अवधारणा अघि सारेका थिए ।

मलेसियाको विकासमा रातदिन खट्न थाले र पार्टीमा अध्यक्ष भइरहे । उनले राजनीतिमा लाग्नुअघि देखेका सपना एकपछि अर्को गर्दै पूरा गर्न लागि परे । मलेसियाको विमानस्थल, क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थल, ठूलो टु इन टावर अफ द वल्र्ड जस्ता ठूला राष्ट्रिय योजनाहरुमा आफू हरेक हप्ता गएर अवलोकन गर्दथे । सन् १९९९ मा त्यसको निर्माण पूरा गरी आफैंले उद्घाटन गरे ।

उनलाई १९९८ मा टाइम म्यागेजिनले एसियन न्यूज मेकरको उपाधी दिएको थियो । यसरी सन् २००२ सम्ममा देशमा विकास गरी रोजगारी, स्वास्थ्य, शिक्षा जस्ता योजनाहरु करिव ९५ प्रतिशत पूरा गरे । आफ्नो पार्टीमा अर्को १८ महिना कार्यकाल बाँकी छँदै उनले एक्कासी राजिनामा दिए । त्यो समयमा पार्टीका हरेक सदस्यको आँखाबाट आँसु रसाएका थिए । ‘गलत सोचाइ नराखी बनाएका योजना कसैलाई नसोधी र सल्लाह नगरी गर्नुपर्छ’ भन्ने उनको मान्यता थियो । घरमा र पार्टीका अरु पदाधिकारीसँग सल्लाह नगरी उनले दिएको राजिनामाले सबैलाई छक्क पारेको थियो ।

यसरी सन् २००३ अक्टोबर ३१ मा २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका उनले पद त्यागे । उनी एसियाको सबैभन्दा लामो समय र राम्रो काम गर्ने राजनीतिक नेतृत्व ठहरिए । उनी अहिले ९१ वर्षका छन् । उनले आफू सफल हुनुको कारण श्रीमती ठान्छन् ।  भन्छन्, ‘उनको सहयोग नगरेको भए र साहस नथपेको भए म कहाँ यो अवस्थामा हुन्थें र ?’

- यो सामग्रीलाई बञ्जाडेले नेपालीमा अनुवाद गरेका हुन् ।
 


प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने