Collapse
Expand

साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एन्ड ब्युटी: डा. सदीक्षा गिरी

स्वास्थ्य खबरपत्रिका

डा. सदीक्षा गिरीले आदर्श विद्यामन्दिर मानभवन ललितपुरबाट विद्यालयस्तरको शिक्षा पूरा गरेकी हुन् । उनले लुम्बिनी मेडिकल कलेज, पाल्पामा एमबिबिएस अध्ययन गरिन् । उनी महिला स्वास्थ्यबारे पैरवी र उपचारमा सहयोग गर्ने संस्था एलबी नेपालमा आबद्ध छिन् । समाजसेवामा रुची राख्ने डा. सदीक्षालाई राजनीतिमा पनि उत्तिकै चासो छ । विभिन्न पेसामा दक्षता हासिल गरेका युवाले राजनीतिप्रति चिन्तन राख्नुपर्ने उनको बुझाइ छ । अहिले चिकित्सा पेशामा दत्तचित्त भएर लागेकी डा. सदीक्षा भविष्यमा राजनीतिमा होमिने बताउँछिन् ।

 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने